Thursday, September 16, 2021
Your Ads Here
Homeबिचारछिमेकीमैत्री व्यवहार जरुरी

छिमेकीमैत्री व्यवहार जरुरी

राजधानी समाचारदाता,
sharethis

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए । शुक्रबार भएको यो घटनाले दुुई देशबीचको सम्बन्धमा केही तिक्तता ल्याइदिएको छ । भारतीय एसएसबीको त्यस प्रकारको अपराधिक कार्यको जति भत्र्सना गर्दा पनि कमै हुन्छ । सो घटनाविरुद्ध देशभरमा आक्रोश पैदा भएको छ । तर, पनि भारत सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिन सकेको छैन । जुन आपत्तिजनक छ ।

सामान्य अवस्थामा वारपार गर्दा, हिँडडुल गर्दा र यातायातका साधनमा आउजाउ गर्दा यस्ता गम्भीर प्रकृतिका घटना त घट्दैैनन् र घटाइँदैनन् पनि । दार्चुलाका ३५ वर्षीय धामी पनि कुनै गलत मनसायले तुइन चढ्न र महाकाली पार गर्न गएका पनि होइनन् । पूर्वदक्षिणदेखि पश्चिमसम्म खुला सीमा रहेकै कारण नेपाली तथा भारतीय नागरिकको दुुई देशको सीमाभित्र निरन्तर आउजाउ चली नै रहेको छ । नेपाल र भारतबीचको सम्बन्ध इजरायल र प्यालेस्टिनीबीचको दुस्मनीपूर्ण सम्बन्धजस्तो पनि छैन र भएको पनि छैन । सीमा खुलै छन् । नागरिक आउजाउ जारी नै छ । तर, पनि यस्ता गम्भीर प्रकृतिका घटना नेपालले पटकपटक बेहोरिरहेको छ । बिडम्बना, नेपाली पक्ष यो विषयलाई लिएर न त भारतसँग औपचारिक रूपमा मुख खोलेर वार्ता र संवाद गरी समस्या हल गर्न सफल भएको छ न त यस्ता अमानवीय र क्रुर प्रकृतिका घटनालाई अन्तर्राष्ट्रिय करण गर्न सकेको छ ।

यसै कमजोरी र लाचारीका कारण भारत वा भारतीय पक्षले नेपाल वा नेपाली पक्षलाई बारम्बार हेप्ने र निम्नस्तरको क्रुर व्यवहार गर्ने गरिरहेको छ । यो घटना पनि असामान्य र निन्दनीय त छँदै छ । त्यसमा पनि आपराधिक प्रकृतिको देखिएको छ । मानवीय मूल्य, मान्यता र व्यवहार यसमा भेटिन सम्भव नै छैन । विदेशमा रोजगारीका लागि भिसा लागेको खबर आएपछि खुसी हुँदै सदरमुकाम खलंगा पुग्न हिँडेको एक नेपाली नागरिकले पक्कै पनि भारतीय सार्वभौमसत्तासँग सम्बन्धित आचारसंहिता उल्लंघन त गरेनन् होला नै तर पनि उसलाई हाकाहाकी र देखादेखि मृत्युको मुखमा पु¥याइएको छ । जबकि, धामीको एक मात्र उद्देश्य भनेको वैदेशिक रोजगारीका लागि भिसा लागेको खबर पाएपछि हतारमा सदरमुकाम पुगेर रोजगारी पाएको विदेशमा पुग्नु थियो । यो उनका लागि हताहतार छोप्नुपर्ने अवसर पनि थियो । सुदूर नेपालबाट राजधानी सहर काठमाडौं आउन पनि यति हतारो नै गर्नुपर्छ । एक त भर्खरै मात्र कच्ची बाटो बनेका छन् र वर्षा यामका कारण चालू अवस्थामा छैनन् । अर्को, भेल बाढीका कारण समयमै उडान भेट्न नपुगे पाएको रोजगारी पनि गुम्न जान्छ । यस्ता कथाव्यथा बोकेर उनी आफ्नो गाउँबाट हिँडेका थिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   वर्तमान सरकार र जनअपेक्षा

नेपालीहरूको रोजीरोटीसँग जोडिएको यहीँ बाध्यतासमेत छिमेकी देश र त्यहाँका सुरक्षाकर्मीलाई असैहय हुने हो भने दुई देशबीचको छिमेकी सम्बन्धको गुन्जायस नै रहेन । यसको लेखाजोखा र समीक्षा दुवै देशको केन्द्रीयस्तरमा हुनुपर्छ । यो दुई देशको सीमा क्षेत्रमा गरिएको अकारण शक्ति प्रदर्शन र हेपाइको अभिव्यक्ति हो । होइन भने भारतीय एसएसबीफोर्सले धामी तुइनमा चढ्नेबित्तिकै तुइनको लहरा फुस्काइ दिनुपर्ने कुनै थ्रेट वा बाध्यता उनीहरूमाथि आइपरेको थिएन । निर्दोष नेपाली भारतीय एसएसबीफोर्सको अमानवीय कर्तव्यको सिकार हुँदा राज्य अब बोल्न सक्नैपर्छ । के नेपाल सरकारले आफ्ना नागरिकप्रति जवाफदेहिताको हैसियत गुमाएकै हो र ? भारतले पनि यदि नेपाललाई असल छिमेकी राष्ट्रका रूपमा लिएको छ भने त्यसरी तुइन काटिदिने सुरक्षाकर्मीमाथि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न ढिलाइ गर्नुहुँदैन । यसो गर्न सकेमा मात्रै भारत असल छिमेकी राष्ट्रका रूपमा रहन सक्छ ।

तपाइको प्रतिक्रिया

(Visited 82 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   वर्तमान सरकार र जनअपेक्षा

आजको समाचार

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ

भदौ २३ गतेबाट पूर्णरूपमा विस्तार हुने भनिएको मन्त्रिमण्डल अझै पनि विस्तार हुन सकेको छैन । यो अवधिसम्म अपूर्ण सरकारले ६० दिन पार गरिसकेको छ...

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

साताका लोकप्रिय समाचार

गहना वशिष्टको न्युड फोटो : न म नशामा थिएँ न यौन शोषण भयो

मुम्बई । पोर्नोग्राफी गरेको अभियोगमा व्यापारी राज कुन्द्रा गिरफ्तारीमा परेपछि बलिउडमा पोर्नोग्राफीको चर्चा फेरि बढेको छ । सोही प्रसंगमा जोडिन आएकी छिन् मोडल गहना...

नेपालको हित विपरित भए एमसीसी स्वीकार्न सकिदैन : अध्यक्ष नेपाल

  नेपालगन्ज । एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन् । सैन्य गतिविधिबारे...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

सरकार विस्तारमा अध्यादेश बाधक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न राजनीतिक दलसम्बन्धी अध्यादेश बाधक बनेको छ । दल विभाजनलाई सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका...

प्रम र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अघि बढाउन आफूले राजनीतिकस्तरमा छलफल जारी राखेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास...

ट्रेन्डिङ

एक महिलासहित १० कैदी मुक्त

सप्तरी, राजविराज । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर सरकारले राजविराज कारागारका एक महिलासहित १० जना कैदीलाई शुक्रबार रिहा गरेको छ । रिहा हुनेहरुमा सवारी ज्यानका...

काठमाडौंका टोल फोहोरले भरिन थाले

काठमाडौं । काठमाडौं उपत्यका र आसपासका क्षेत्रहरू फोहोरको डङ्गुरले भरिन थालेका छन् । काठमाडौं महानगरपालिकाले समयमा नै फोहोर उठाउन नसक्दा विगत १५ दिनदेखि फोहोर...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)