Thursday, September 16, 2021
Your Ads Here
Homeअर्थकोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

संघीय संसद् राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आइतबारको बैठकले ईपीएसमार्फत भाषा परीक्षा उत्तीर्ण गरी बसेकालाई तत्काल दक्षिण कोरिया पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

भाषा परीक्षा उत्तीर्ण गरी बसेका करिब १० हजार जना नेपालीलाई दक्षिण कोरिया पठाउने काममा सरकारले आलटाल गरेको भन्दै समितिमा उजुरी परेको थियो । सोही उजुरीमाथि आइतबार छलफल गरेको समितिले श्रम, रोजगार मन्त्रालयसँग छलफल गरी आवश्यक प्रक्रिया पूरा गरी तत्काल उनीहरूलाई दक्षिण कोरिया पठाउन निर्देशन दिएको समितिका सभापति रामनारायण बिडारीले जानकारी दिए ।

बैठकमा भाषा परीक्षा पास गरिसक्दा पनि कोरिया पठाउने काममा आलटाल गरेको भन्दै समितिका सदस्यहरूले सरकारको आलोचना गरेका थिए । समितिका सदस्य खिमलाल देवकोटाले सबै प्रक्रिया पूरा गरेका नेपालीलाई अझै दक्षिण कोरिया नपठाएको भन्दै सरकारले निर्लज्जता प्रकट गरेको टिप्पणी गरे ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

समितिका अर्का सदस्य राधेश्याम अधिकारीले उडान तथा खोप सबैको तत्काल व्यवस्था गरी भाषा परीक्षा पास गरेकालाई कोरिया जाने वातावरण बनाउन ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गराए । समितिका सदस्यले उठाएको प्रश्नको जवाफ दिँदै मुख्य सचिव शंकरदास वैरागीले भाषा परीक्षा पास गरेकालाई छिटो दक्षिण कोरिया पठाउन आफूले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कोभिड–१९ को संकटका कारण उनीहरूले समयमै कामका लागि दक्षिण कोरिया जान नसकेको पनि दाबी गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले खोप र हवाई उडानको व्यवस्था मिलाउन नसक्दा भाषा परीक्षा पास गरेकालाई कोरिया पठाउन ढिलाइ भएको बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोरिया जाने नेपालीका लागि कोरोनाविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले श्रम सम्झौताका लागि कुनै समस्या भए तत्काल सम्बोधन गर्न तयार रहेको बताए ।

तपाइको प्रतिक्रिया

(Visited 48 times, 1 visits today)

आजको समाचार

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

साताका लोकप्रिय समाचार

रगत लागेकाे एउटा टालाेले लोकबहादुरलाई हत्यारा भनेर चिनायाे

  संखुवासभा ।  गत सोमबार संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वता, ५२ वर्षीया श्रीमती मनमाया, ३२ वर्षीया बुहारी...

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

  दैलेख । दैलेखमा घाँटी रेटेर एकजनाको शिक्षकको हत्या गरिएको छ । सोमबार राती गुराँस गाउँपालिका–८ मालिका मावि ४३ बर्षिया नगेन्द्र विसीको विद्यालयमै घाँटी रेटेर...

वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो ।...

प्रेस काउन्सिलले घोषणा गर्‍यो विभिन्न पुरस्कार

  काठमाडौं । प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएका विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी...

कक्षा १२ को परीक्षा आजबाट, ३ लाख ७४ हजार परिक्षार्थी सहभागी

  काठमाडौं । कोरोना भाइरस महामारीका कारण चार महिना पर धकेलिएको कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारबाट सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजीको...

ट्रेन्डिङ

काठमाडौँमा आज यस वर्षकै बढी चिसो

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यो वर्षकै बढी चिसो महसुुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यो...

पोखरीमा डुबेर महिलाको मृत्यु

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–१ धिरापुरमा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी नगरपालिका–१ धिरापुर बस्ने राजदेव मण्डल खत्बेकी पत्नी...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)