माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने निर्णय गरेर अघि बढ्न थालेपछि माधव समूह छलफलमा जुटेका हुन् ।

स्थायी कमिटीको बैठक नै नभनिए पनि सदस्यहरूबीच छलफल आयोजना गरिएको एमाले विवादमा मिलाउन गठित कार्यदलमा नेता नेपालको तर्फबाट सदस्य रहेका एमाले नेता गोकर्ण विष्टले बताए ।

‘दुई बजे बानेश्वरमा छलफल राखिएको छ’ विष्टले भने । माधाव नेपालमाथि अध्यक्ष ओलीसँग मिल्नुपर्ने दवाव छ । तर, समान हैसियतविना एकता सम्भव नभएको नेता नेपालको अडान छ ।

यता देउवा नेतृत्वको सरकारमा सहभागी हुन गठबन्धनले दबाब दिदै आएको छ । यसमा पनि नेता नेपालले सरकारमा सहभागी नहुने बताएका छन् । तर उनकै समूहका नेताहरु सरकारमा जानुपर्ने अडानमा राख्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जहाँ स्वतन्त्रले जिते