Thursday, September 16, 2021
Your Ads Here
Homeप्रमुखमन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ :...

मन्त्रीले देशलाई घाटा हुने कुरा गरे भने कर्मचारीले हुन्न भन्न सक्नुपर्छ : अर्थमन्त्री

राजधानी समाचारदाता,
sharethis

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यलाई ध्यान दिएर काम गर्न नवनियुक्त सचिवलाई निर्देशन दिएका छन् । अर्थसचिवमा मधु कुमार मरासिनी नियुक्त भएपछि स्वागत कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले सो निर्देशन दिएका हुन् । उनले अबका दिनमा थोरै समय मात्र सुतेर बाँकी सम्पूर्ण समय आफूसँगै रहेर मन्त्रालयको काममा खट्न समेत आग्रह गरेका थिए । आन्तरिक स्रोत बढाउने र ऋण तथा व्यापार घाटा घटाउने मुख्य कार्यभार सम्पन्न गर्न निकै मेहेनत गर्नुपर्ने भन्दै मन्त्री शर्माले अन्य विभागीय प्रमुखसहित सबै कर्मचारीहरुले समेत सोही स्प्रिटलाई ममन गर्न निर्देशन दिए ।

“मन्त्रालयमा टेबुल टेबुलको शासन चलाएर हुँदैन । अत्यावश्यकीय महत्वपूर्ण विषयहरुमा एउटै टेबुलमा बसेर छिटो छिटो काम गर्नुपर्छ ।” मन्त्री शर्माले भने “मन्त्रीले जान वा अञ्जानमा देशलाई घाटा हुने कुनै कुरा ग¥यो भने त्यसलाई सिधै हुँदैन भन्न सक्नुपर्छ, म त्यस्तो कर्मचारी चाहन्छु ।”

कार्यक्रममा नवनियुक्त अर्थसचिव मरासिनीले साना तथा मझौला उद्योगको प्रवद्र्धनमार्फत रोजगारी बृद्धि गरेर अर्थतन्त्र चलायमान बनाउने दिशामा मेहेनपूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । जापानी अर्थतन्त्रमा साना तथा मझौला उद्योग व्यावसायले ७० प्रतिशत योगदान गरेको प्रसंग उल्लेख गर्दै सचिव मरासिनीले यस्ता उद्योगले देशमा बेरोजगारी र गरिवीको अन्त्य गर्न सहयोग पु¥याउने धारणा व्यक्त गरे ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

मरासिनी महालेखा नियन्त्रकको कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा भएका हुन् । सचिव मरासिनीले सोमबार पदबहालीसँगै निवर्तमान अर्थसचिव शिशिर कुमार ढुङ्गानाको बिदाई गरेका छन् । आगामी छ महिनापछि सेवानिवृत्त हुनलाग्नुभएका सचिव ढुङ्गानाको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको हो ।

कार्यक्रममा निवर्तमान अर्थसचिव ढुङ्गानाले कोभिड १९ को कारण अर्थतन्त्रमा परेको नकारात्मक असरहरु विस्तारै घट्दै गइरहेको भन्दै चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रष्ट पारे । कोभिड महामारीकैविच राजश्व संकलनको लक्ष्य ९२ प्रतिशत पूरा भएको, १० महिनाको कारोबार धान्नसक्ने गरी बैदेशिक मुद्राको संचिति रहेको, विप्रेषण बृद्धि हुनुको साथै औपचारिक च्यानलमा आएको, निर्यात बृद्धि भएकोलगायतका सकारात्मक परिसूचकहरुसहित आफूले जिम्मेवारी हस्तान्तरण गरेको बताए ।

अर्थ मन्त्रालय र मातहतका निकायहरुमा १३ वर्ष ९ महिना काम गर्नुभएका सचिव ढुङ्गानाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौतीहरुको बारेमा चर्चा गर्दै अन्तरसरकारी वित्तीय हस्तान्तरणलाई व्यवस्थित गर्नुपर्ने, सार्वजनिक संस्थानहरुको व्यवस्थापन, सैनिक कल्याणकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतसँग रहेका ठूला कोषहरुको सन्तुलित व्यवस्थापन, पुँजी बजारमा डिवेन्चर मार्केटको प्रवद्र्धन, आन्तरिक स्रोत व्यवस्थापन, पुँजीगत खर्च बृद्धिलगायतमा ध्यान केन्द्रीत गर्नुुपर्ने सुझाव दिए ।

 

 

तपाइको प्रतिक्रिया

(Visited 48 times, 1 visits today)

आजको समाचार

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो ।...

सेनामा २२ पुजारीसहित ४६४ जनाका लागि जागिर खुल्यो

  काठमाडौं । नेपाली सेनामा प्राविधिक सेवातर्फ जागिर खुलेको छ । जंगीअड्डा, भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले बिहीबार गोरखापत्रमा सूचना प्रकाशन गरेर विभिन्न २४ पदमा चार...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

साताका लोकप्रिय समाचार

इन्डोप्यासिफिक रणनीति र एमसीसी : नेपाललाई चुनौती

  यतिबेला नेपालमा इन्डोप्यासिफिक रणनीति र एमसीसी सम्झौताको विषयलाई लिएर बहस, विवाद र आन्दोलन भइरहेको छ । नेपाल शान्तिका अग्रदूत बुद्ध जन्मेको देश हो ।...

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि

  काठमाडौं । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले...

जव केपी ओलीको नेतृत्वमा संसदमा नाराबाजी भयो

  काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूले नाराबाजी जारी छ । आइतबार संसदको बैठक सुरु भए लगत्तै एमाले सांसदरूले नाराबाजी गरेका थिए । आज भएको नाराबाजीमा...

सहकारी, गरिबी निवारण र सामाजिक रूपान्तरण

सहकारी श्रम, पुँजी सीप र समय परिचालनको माध्यम हो । त्यसैले सहकारीमा आबद्ध हुनु भनेको उद्यमशील बन्नु हो । मानवीय, सामाजिक र आर्थिक पुँजी...

ट्रेन्डिङ

विप्लवका दुई कार्यकर्ता प्रहरी नियन्त्रणमा

काभ्रेपलाञ्चोक । विप्लव समूहमा आबद्ध काभ्रे जिल्लाका कार्यरत दुई कार्यकतौलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रोशी गाँउपालिका वडा नं. ०५ को सिसाखानी छाप...

बीरगञ्जमा भेटिएका कोरोना संक्रमित जमातीका लागि नेपाल आएका थिए

वीरगन्ज । भारतबाट आएर वीरगन्जमा बसोबास गर्ने तीनजना भारतीय नागरिकमा एकै पटक कोरोना संक्रमण पुष्टि भएपछि मुलुकको प्रमुख व्यापारिक नाका बीरगञ्जबाट कोरोना संक्रमण पनि...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)