महासंघको ध्यानाकर्षण

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

काठमाडौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर शेयर खरिद सम्बन्धी विषयसंग नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर केही सञ्चार माध्यमहरूमा आएका समाचारप्रति महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल धितोपत्र बोर्डमा महासंघकोतर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई मिति २०७७/०८/३० गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र उनी बोर्ड बैठकमा मिति २०७७÷१०÷११ देखि मात्र उपस्थिति रहेको व्यहोरा जानकारी गराएको छ ।

उनीसंग उनका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै (ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि मिति २०७७/०८/१४ मा) गरिएको शेयर कारोबारकोे विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भिर आ“च पु-याउने हुँदा सत्यतथ्य बुझेरमात्र समाचार सम्प्रेषण हुन महासंघ आग्रह समेत गर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

खोटाङ रावाबेँसीका वपन्न ज्येष्ठ नागरिकलाई सिरक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका यादव निर्वाचित