Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picksछिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

राजधानी समाचारदाता,
sharethis

 

सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले हल्लीखल्ली मचेको बेला चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको विष्णुपुर गाउँपालिका ५ मझाउ गाउँ निवासी २३ वर्षिय राजेश कुमार मण्डल छन् । सोमबार बिहान ७ बजेतिर घरमै रहेको पूजा घरमा चोरी गरिएको मुकुट सहित पक्राउ परेका थिए ।

उनको साथबाट अघिल्लो दिन आइतबार साँझ ७ः३० बजेतिर छिन्नमस्ता भगवतीको मस्तकबाट चोरी गरिएको ५ सय ८ ग्राम तौलको चाँदीको मुकुट समेत प्रहरीले बरामद गरेको छ । बिहान ७ बजेतिर मुकुट चोरेर लगेका मण्डल आफ्नै घरमा रहेको खबर पाएलगत्तै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिए ।

अनुसन्धानको क्रममा उनको मानसिक अवस्था भने ठीक नरहेको र उनले गाउँमै मन्दिर बनाउने भनी योजनाका साथ उक्त मुकुट झिकेर कालो ब्यागमा राखी निस्केको खुलेको छ ।

अघिल्लो दिन साँझ ७ः३० बजेतिर मन्दिरका पूजारीहरु सन्ध्याकालिन आरतीका लागि मन्दिर परिसरमै रहेको पोखरीतर्फ लागेका बेला उनी भित्र छिरेको प्रहरीको भनाई छ । मन्दिरका मूल पूजारी उमेश ठाकुरको छोराको मृत्यु भएका कारण एक सातायता मन्दिरको सरसफाई र नियमित पूजापाठका लागि स्थानिय जानकार ब्राह्मणलाई जिम्मा दिइएकोमा लापरवाहीका कारण यस्तो अप्रिय घटना भएको पीठाधिश महाकान्त ठाकुरले सुनाए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   माधव नेपालप्रति ओलीको व्यंग्य: पिलो निचोर्दैमा शरीरको तौल घट्दैन

मुकुट चोरी भएदेखी नै निकै तनावमा परेका उनले मुकुट फेला नपरेको भए आज सोमबार आत्महत्या गर्ने मनसाय बनाएको समेत सुनाए । उनले भने, “माताको कृपाले चोर र मुर्ती दुबै फेला परे र आफ्नो तनाव पनि हट्यो ।” उनले घटनाका बेला आफू काम विशेषले भारतको महादेवमण्ठतर्फ गएको र छोरा दिपकले चोरी घटना बारे जानकारी गराएपछि तत्कालै फर्किआएको सुनाए ।

अनौठो र रहस्यमय मानिएको उक्त घटनापछि आक्रोसित स्थानियले रातभर मन्दिर समिति, पूजारी र प्रहरी बिरुद्ध चर्को नाराबाजी गर्दै इलाका प्रहरी कार्यालय छिन्नमस्तामा धर्ना समेत दिएका थिए । सोमबारदेखी आन्दोलन चर्काउने घोषणासहित तयारी पनि थालिएको थियो । माहौल तात्दै गएपछि प्रहरीले भारतीय सीमासँग जोडिएको नाका सिल गर्नुका साथै तीन जना पूजारीलाई समेत नियन्त्रणमा लिई सोधपुछ र चोरको खोजतलास तिब्र बनाएको थियो ।

कोरोनाको जोखिमलाई ध्यानमा राखी दुई महिना भन्दा बढी समयदेखी मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । नियमित पूजापाठ बाहेकका सम्पूर्ण कार्यहरु बन्द गरिएको छ । तर, यस्तो अवस्थामा पनि मन्दिरमा चोरी हुनु दुःखद र आश्चर्यपूर्ण विषय भएको भन्दै स्थानियले अविलम्ब आवश्यक सुरक्षा व्यवस्था मिलाउन माँग गरेका छन् ।

यता मण्डललाई सोमबारै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई चोरी मुद्दामा पक्राउ पूर्जी समर्थन गराई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया

(Visited 77 times, 1 visits today)

आजको समाचार

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

धनगढी । नेकपा एकlकृत समाजवादी नेता दीर्घ सोडारीले भीम रावललगायत एमालेका १० जना युवा नेतालाई षडयन्त्रकारी बनेको आरोप लगाएका छन् । कैलालीको गोदावरी नगरपालिकामा बिहीबार...

ओलीको चेतावनी- जनतालाई उत्तेजित नबनाऊ, प्रतिकारमा उत्रनुपर्ने अवस्था आउला

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले जनतालाई उत्तेजित बनाउन कार्य नगर्न सरकारलाई चेतावनी दिएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

शनिबारसम्म वर्षा हुने, चार प्रदेशमा चट्याङसहित पानी पर्ने

  काठमाडाैं ।  न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित...

साताका लोकप्रिय समाचार

संसद अवरुद्धको औचित्य छैन : जसपा अध्यक्ष यादव

  सिन्धुली । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले गरेको संसद अवरुद्धको कुनै अर्थ नरहेको बताएका छन् । मंगलबार सिन्धुली सदरमुकाम सिन्धुलीमाढीमा पार्टीको संगठन...

प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी हुन्, तर उनी धोकेबाज र छट्टु नेता हुन् : ओली

  काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि आक्रोश पोखेका छन् । गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन...

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट खेल खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली टर्कीको इस्तानबुल हुँदै...

संविधान दिवसलाई कालाे दिवसकाे रूपमा मनाउन महन्थकाे सर्कुलर

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीले संविधान दिवस कालो दिनको रुपमा मनाउन सर्कुलर जारी गरेको छ । ३ असोज २०७२ मा संविधानसभाबाट संविधान जारी गरिएको थियो...

गैंडाकोट दुर्घटनाका २० घाइतेको अवस्था कस्तो छ ? (विस्तृत विवरणसहित)

  चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका-१० स्थित २३ स्मृति पुल नजिक बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी घाइते २० जनाको चितवनमा उपचार...

ट्रेन्डिङ

पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन झलनाथ खनाल

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् । विदुरमा आज प्रेस सङ्गठन नेपालले...

बलात्कारपछि फरार सदा डेढ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । गाउँकै एक महिलालाई बलात्कार गरि फरार रहेका अभियुक्त डेढ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जबरजस्तीकरणी मुद्दाका फरार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)