Thursday, September 16, 2021
Your Ads Here
HomeBreaking Newsचुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

चुरोट ल्याउन नमानेपछि श्रीमतीलाई एसिड प्रहार

विवेक विवश रेग्मी,
sharethis

इटहरी । सुनसरीको बराहक्षेत्रमा एसिड प्रहार गरी फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाका अनुसार गत साउन १२ गते राति बराहक्षेत्र ३ बस्ने ३० वर्षीया रोमन राजधामीले सामान्य विवादका क्रममा श्रीमतीलाई एसिड प्रहार गरेका थिए । एसपी थापाका अनुसार एसिड प्रहारपछि फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगर बराहक्षेत्रको टोलीले महानगरीय प्रहरी वृत्त काठमाडौँबाट साउन १५ गते पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानपछि उनलाई सोमबार मात्रै प्रहरीले सार्वजनिक गरेको हो ।

राजधामीले आफ्नै २८ वर्षीया श्रीमती सरस्वती बस्नेतसँग चुरोटको विषयमा विवाद गरेका थिए । मादक पदार्थ सेवनले लठ्ठ भएका उनले श्रीमतीलाई पसलबाट चुरोट ल्याइदिन भनेको र नल्याइदिएपछि उक्त घटना हुन पुगेको एसपी थापाले बताए । थापाका अनुसार विवादकै क्रममा राजधामीले श्रीमतीमाथि एसिड प्रहार गर्न खोजेका थिए । तर, श्रीमतीले ज्यान जोगाएर घरबाट भागेर छिमेकी श्यामकुमारी धामीको घरमा पुगेकी थिइन् । राजधामीले एसिडको बोतल बोकेर श्रीमतीलाई प्रहार गर्नका लागि लखेटेका थिए ।

छिमेकी ४३ वर्षीया श्यामकुमारीले सम्झाउने प्रयास गर्दागर्दै उनीमाथि नै राजधामीले एसिड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   भीम रावललगायत १० नेता षडयन्त्रकारी हुन् : सोडारी

एसिड प्रहारबाट श्यामकुमारीको टाउको तथा अनुहारको भागमा चोट लागेर गम्भीर घाइते भएकी छन् । घाइतेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको भएपनि उपचार हुन नसकेपछि विराटनगरको म्याक्स हस्पिटलमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ । उपचाररत श्यामकुमारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै, एसिड प्रहारपछि छुट्याउने क्रममा छिमेकीहरू २१ वर्षीय सुनम र १९ वर्षीय सुजन राजधामीमाथि पनि एसिडको छिटा लागेर घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

श्रावण १५ गते पक्राउ परेका उनलाई सोही दिन सुनसरीमा ल्याई जिल्ला अदालतबाट एसिड आक्रमण (कुटपिट वा अंगभंग सम्बन्धी कसुर) मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

फरार राजधामीले आफ्नै घरमा पितलबाट बनाइने त्रिशुल, बाला लगायतका सामग्री निर्माण गर्दै आएका थिए । निर्माण सामग्रीका लागि एसिड आवश्यक हुँदा उनकै घरमा एसिड उपलब्ध थियो ।

तपाइको प्रतिक्रिया

(Visited 118 times, 1 visits today)

आजको समाचार

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा स्याटलाइट इमेज विधिद्वारा जनगणना

  काठमाडौं । बुधबारदेखि १२औँ राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचीकरण सुरु भएको छ । जनगणनामा ७ जेठ २०७७ मा सरकारले जारी गरेको नयाँ नक्सामा समावेश...

प्रभु साहले भने, “यो व्यवस्था असफल भईसक्यो”

  लहान । पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्था असफल भइसकेको बताएका छन् । बिहिवार लहानमा आयोजित आईटी आर्मीको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले वर्तमान...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

साताका लोकप्रिय समाचार

अर्थमन्त्री र एमसीसी उपाध्यक्ष बीच भेटवार्ता

  काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको बिच भेटवार्ता भएको छ । शनिबार अर्थमन्त्री शर्मा र उपाध्यक्ष...

आइटी आर्मीको किसान मोर्चाको प्रधानमन्त्रीलाई ज्ञापन

  गौर । किसानहरुको समस्या समाधान गर्न आईटी आर्मीको किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । किसानहरुले राखेका बुँदागत माँगहरु पुरा...

क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार

काठमाडौँ । सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको...

जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरूलाई भेटघाट गरिसकेकी छन् । नेपालको वस्तुस्थिति...

कोमल वली भन्छिन् : दुईजिब्रे अग्नि सापकोटालाई सभामुखकाे कुर्चिमा बस्ने अधिकार छैन

  काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य कोमल वलीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई पदमा बस्ने अधिकार नभएको बताएकी छन् । राष्ट्रियसभा बैठकमा बोल्दै वलीले कसैलेको स्वार्थका लागि...

ट्रेन्डिङ

माओवादी पूर्वलडाकुका दुवै संगठन ओली समुहमा

काठमाडौं । तत्कालीन माओवादी जनयुद्धका क्रममा लडेका लडाकुलाई केन्द्रित गरी सरकारले विशेष कार्यक्रम ल्याउने भएको छ । पूर्वलडाकुका दुवै संगठन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको...

आशावादिता सञ्चार गर

कोरोना भाइरसबाट देशभर संक्रमित संख्या जम्मा ३० जना रहे पनि परीक्षण कार्यमा तीव्रता दिँदै गर्दा नयाँ संक्रमितको संख्यामा बढोत्तरी हुँदै जाँदा आमजनमानसमा केही कौतुहलपूर्ण...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)