Thursday, September 16, 2021
Your Ads Here
Homeअर्थत्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

२७ अर्बको आयात हुँदा ५९ करोडको निर्यात

दीपक ओली,
sharethis

 

धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा सामानको आयात पौने १० अर्बले बढेको छ ।

आर्थिक वर्ष ०७६/७७ मा यो नाकाबाट १७ अर्ब ६२ करोड मूल्यको सामान आयात भएकोमा गत आर्थिक वर्ष ०७७/७८ मा आयात बढेर २७ अर्ब साढे ३२ करोड पुगेको छ ।

अर्बौँको आयात हुँदा यहाँबाट वस्तुको निर्यात भने न्यून छ । भन्सार कार्यालयको तथ्यांकअनुसार गत वर्ष ५९ करोड पाँच लाख मूल्यको सामान भारत निर्यात भएको छ । आर्थिक वर्ष ०७६/७७ मा ५३ करोड ३५ लाख मूल्यको सामान भारत निर्यात भएको त्रिनगर भन्सार कार्यालयका सूचना अधिकारी अम्बिका केसीले जानकारी दिइन् ।

आयात हुने वस्तुमध्ये सबैभन्दा बढी मूल्य पेट्रोलियम पदार्थ र एलपी ग्यासको रहेको छ । गत वर्षमात्र आठ अर्ब ४३ करोड रुपैयाँ मूल्यको पेट्रोलियम पदार्थ र ग्यास आयात भएको भन्सार कार्यालयले जनाएको छ ।

चिनी, दालमोठ, पापड, भुजिया, कागज, ट्याक्टर, टायल, मार्बल, गाडीका सामानको आयात उच्च रहेको सूचना अधिकारी केसीले बताइन् । चामल, मकै, विद्युतीय तथा हार्डवेयरका सामान, सुर्ती, दाना, फलफूल, तरकारी आदि पनि उच्च आयात हुने वस्तुमा पर्छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बजेट ‘होलिडे’ : दोषी को ?

औद्योगिक विकास हुन नसकेको सुदूरपश्चिममा परनिर्भरता बढ्दै गएको आयात र निर्यातको तथ्यांकले देखाउँछ । केही वर्षअघिसम्म सुदूरपश्चिमबाट खाद्यान्न निर्यात हुने गरेको थियो, तर अहिले बर्सेनि करोडौँ मूल्यको खाद्यान्न यहाँ आयात हुने गर्छ । आयात बर्सेनि चुलिँदै जाँदा निर्यात भने त्यसअनुसार बढेको छैन । यहाँबाट कत्था, टरपेनटाइन, रोजिन, पिना आदि सामान मात्र निर्यात हुने गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष पुष्प कुँवर सुदूरपश्चिममा औद्योगिक विकासमा राज्यको प्रोत्साहन नहुँदा आयात बढ्दै बताउँछन् । यहाँ उद्योगधन्दाहरू नभएकाले उपभोग्य वस्तु परनिर्भरता बढेको उनको भनाइ छ ।

‘व्यापार घाटा कम गर्न राज्यले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुप¥यो । उद्योगीलाई प्रोत्साहन र सहुलियत दिनुप-यो,’ अध्यक्ष कुँवरले भने । निर्यातभन्दा उपभोग्य वस्तुको उत्पादन बढाएर आयात कम गर्नुपर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया

(Visited 64 times, 1 visits today)

आजको समाचार

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत...

चीनमा शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु

  बेजिङ । चीनमा शक्तिशाली भूकम्प गएको छ । सिचुयान प्रान्तमा ६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पमा परी दुई जनाको मृत्यु भएको छ । बिहीबार...

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

केपी ओलीलाई अष्टलक्ष्मीका चार सुझाव

  काठमाडौं । एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले फुट र जुटको अनुभव भएको एमाले सुदृढ बनाउन चारवटा सुझाव दिएकी छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

साताका लोकप्रिय समाचार

एमालेलाई वार्तामा आउन सभामुखकाे आग्रह

  काठमाडाैं ।  सभामुख अग्नि सापकोटाले संसद् बैठकमा अवरोध नगर्न विपक्षी दल नेकपा एमालेसँग आग्रह गरेका छन् । आइतबारको बैठकमा एमाले सांसदले संसद बैठकमा अवरोध गरेपछि...

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या

  दैलेख । दैलेखमा घाँटी रेटेर एकजनाको शिक्षकको हत्या गरिएको छ । सोमबार राती गुराँस गाउँपालिका–८ मालिका मावि ४३ बर्षिया नगेन्द्र विसीको विद्यालयमै घाँटी रेटेर...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

निपाह भाइरस संक्रमणबाट सतर्क रहन जरुरी

कोरोना महामारी संक्रमणसँगै यसले परिवर्तन गर्ने विभिन्न स्वरूपमध्ये पछिल्लो चरणमा निपाह भाइरसको स्वरूप प्रकट हुन गएको छ । यो भाइरसको स्वरूप अघिल्ला स्वरूपभन्दा बढी...

जीतसँगै एभर्टन शीर्षस्थानमा

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति एभर्टनले बर्न्लेमाथि ३–१ को जित निकालेको छ । आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी गराउन माइकल किन,...

ट्रेन्डिङ

हाम्रो दुश्मन गरिवी हो : सभामुख

दैलेख । कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले ‘हामी सबैको दुश्मन गरिवी’ भएको बताएका छन् । बुधवार चामुण्डा विन्द्रासैनी नगरपालिकाको छैटौं नगरसभाको उद्घाटन गर्दै...

चुरीफुरीले सार्वजनिक ग-यो नायक नायिका

काठमाडौं । यतिबेला छायांकनमा रहेको चलचित्र ‘चुरीफुरी’ अभिनेता अभिनेत्री सार्वजनिक गरिएको छ । यो चलचित्रको नायक नायिका यतिबेला सार्वजनिक गरिएको हो । मोडल अभिषेक...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)