Friday, September 24, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ३दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउँछौं: गृहमन्त्री

दार्चुला घटनाबारे सत्यतथ्य पत्ता लगाउँछौं: गृहमन्त्री

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तुइनबाट महाकाली नदी पार गर्नेक्रममा बेपत्ता दार्चुलाका जयसिंह धामीबारे सत्यतथ्य पत्ता लगाउने प्रतिबद्धता जनाएका छन् ।

भारतीय सुरक्षा बल एसएसबीले गत शुक्रबार बिहान तुइनको डोरी काट्दा धामी महाकाली नदीमा खसेर बेपत्ता भएको विवरण आइरहेका छन् । एसएसबीले तुइनको डोरी काट्दा धामी महाकालीमा खसेर बेपत्ता भएको भन्दै प्रहरीमा निवेदनसमेत परेको छ ।

यसबारे सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले बनाएको छानबिन टोली सोमबार नै धनगढी पुगिसकेको गृहमन्त्री खाँणले बताए । सत्यतथ्य छानबिन गरी प्रतिवेदन दिन १० दिनको समय दिइएको उनको भनाइ छ ।

दार्चुला हुँदै घटनास्थल मालघाट पुग्न यातायात समस्या परेमा गृह मन्त्रालयले हेलिकप्टर व्यवस्थापन गर्ने पनि गृहमन्त्री खाणले बताए । राष्ट्रिय सभा बैठकमा सोमबार उनले समसामयिक विषयबारे बोल्न समय लिएका हुन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

भारतीय सुरक्षा बल एसएसबीले तुइनको डोरी काटे वा नकाटेबारे केही उल्लेख गरेका थिएनन् । यो विषय छानबिनकै क्रममा रहेको उनको भनाइ छ । ‘मालघाटमा तुइन तर्नेक्रममा ज्यादै दुःखद, गम्भीर र संवेदनशील घटना भएको छ,’ उनले भने ।

गत १५ साउन बिहान तुइन तर्नेक्रममा ३३ वर्षीय धामी महाकालीमा खसेर बेपत्ता भएका थिए । सोही दिन घटनास्थलमा ३ जना प्रहरी पठाइएको गृहमन्त्री खाँणले सुनाए ।

उनका अनुसार घटनाबारे भारतस्थित धार्चुलाका अधिकारीलाई पत्राचारसमेत गरिएको छ । ‘धामीभन्दा अगाडि र पछि तुइन तर्न बसेकालाई पनि घटनाबारे सोधपुछ भइरहेको छ,’ उनले भने, ‘घटनाबारे सत्यतथ्य बुझ्ने काम भइरहेको छ । सत्यतथ्य ल्याउने संकल्प गर्दछौं ।’

तपाइको प्रतिक्रिया

(Visited 35 times, 1 visits today)

आजको समाचार

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

एकीकृत समाजवादीको महासचिवमा भुसाल, सचिवमा झाँक्री

काठमाडौँ । नेकपा (एकीकृत समावादी) पार्टीको महासचिवमा बेदुराम भुसाल र सचिवमा रामकुमारी झाक्रीलाई बनाइएको छ । एकीकृत समाजवादीको सचिवालय बैठकमा भुसाललाई महासचिव र झाँक्रीलाई...

अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको...

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

साताका लोकप्रिय समाचार

एमाले महाधिवेशन: पदाधिकारीसहित केन्द्रीय सदस्य सबै निर्वाचित हुने

काठमाडौं । अध्यक्ष र केन्द्रीय सदस्य मात्रै महाधिवेशनबाट निर्वाचित गर्ने निर्णय गरेको एमालेले अब पदाधिकारीसहित सबै केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गर्न लागेको छ...

संविधानको पुनर्लेखन गरौँ : प्रभु साह

  काठमाडौं । पूर्वमन्त्री प्रभु साहले संविधान पुनर्लेखन आवश्यक रहेको बताएका छन । आईतबार संविधान दिवसको दिन सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वमन्त्री साहले संविधानमा रहेका विभिन्न खाले...

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

‘देउन माया सुन्तला’

काठमाडौं । लोक शैलीको 'देउन माया सुन्तला' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेतबहादुर बुढाथोकीको शब्द संगीत र सुनिता बुढा क्षेत्री र चेतबहादुर बुढाथोकीको स्वर...

किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

  इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय...

ट्रेन्डिङ

डोटीमा पहिरोले च्यापिएर ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते

डडेलधुरा । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. ४ सानागाउँको नुवाकोट टोलमा पहिरोमा च्यापिएर ६ महिने शिशुको ज्यान गएको छ भने मृतक शिशुकी आमा गम्भीर...

शव राखेको बाकस देखेपछि भक्कानिए आमा र श्रीमती (फोटोफिचर)

  काठमाडौं । शनिवार त्रिभुवन अन्तराष्र्टिय विमानस्थलको दृष्य अलि फरक थियो । विमानस्थल परिसरमा बैदेशिक रोजगार एवं अन्य कामको सिलसिलामा विदेश गएकाहरु प्राय खुसी लिएर...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)