Friday, September 24, 2021
Your Ads Here
HomeUncategorizedपारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् । उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भनेका छन् । मैदानभित्र दुई दशक रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने उल्लेख गर्दै खड्काले नेपाली क्रिकेटलाई सबैले मिलेर नयाँ उचाइमा पु¥याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

लामो समय नेपाली राष्ट्रिय टोलीको कप्तानी गरेका खड्काले सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय लिएको बताए । सन् २००२ मा १५ वर्षको हुँदा आफूले क्रिकेट यात्रा सुरु गरेको उल्लेख गर्दै खड्काले आफ्नो जीवनमा देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो भनेका छन् ।

नेपालमा क्रिकेटको विकासका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता रहेको खड्काको भनाइ छ । यसका लागि सबैमा इमानदारीको खाँचो भएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन् ३३ वर्षीय खड्का सन् २००९ मा नेपाली क्रिकेट टोलीको कप्तान बनेका थिए । उनले सन् २०१९ सम्म कप्तानीको भूमिका निर्वाह गरेका थिए ।

खड्काले नेपालका लागि १० एकदिवसीय तथा ३३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। दायाँहाते ब्याटस्म्यान उनले यस क्रममा एकदिवसीयमा ३१५ रन बनाए भने टी–२० मा ७९९ रन बनाएका थिए । दुवै किसिमका प्रतियोगितामा उन शतक प्रहार गर्न सफल भएको थिए । खड्काले बलिङसमेत गरे । उनले १० एकदिवसीय खेलमा नौ विकेट लिएका भने ३३ टी–२० खेलमा आठ विकेट लिएका थिए ।

 

 

 

तपाइको प्रतिक्रिया

(Visited 49 times, 1 visits today)

आजको समाचार

वायु प्रदूषणको अवस्था खतरनाक

पेरिस । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो । नोभेम्बरमा हुन...

कांग्रेस १४औं महाधिवेशनको फेरि मिति सारिँद

काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

आइतबारदेखि काठमाडाैंमा विद्यालय खोल्ने निर्णय

  काठमाडाैं ।  काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि...

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

साताका लोकप्रिय समाचार

अफगान विद्यालयमा छात्रालाई पढ्न निषेध

  काबुल । लामो समयपछि खुलेका अफगानिस्ताका माध्यामिक विद्यालयमा छात्रालाई पढ्न निषेध गरिएको छ । विद्यालयमा छात्र र पुरूष शिक्षकहरूलाई मात्र अनुमति दिइएको छ । आफूहरूलाई...

देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक : शेखर कोइराला

  विराटनगर । नेपाली कांग्रेसका नेता शेखर कोइराले सभापति शेरबहादुर देउवाले सरकार चलाउन नसेकेको आरोप लगाएका छन् । गृह जिल्ला मोरङ पुगेका कोइरालाले सञ्चारकर्मीसँग कुरा गर्दै...

प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडाैं ।  मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेलले...

वायु प्रदूषणको अवस्था खतरनाक

पेरिस । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो । नोभेम्बरमा हुन...

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

ट्रेन्डिङ

उकालो लाग्दै मृत्युदर,अवस्था थप जटिल

काठमाडौं । देशभर कोरोना संक्रमित र मृत्युदर उकालो लागेपछि अवस्था थप जटिल बन्दै गएको छ । अधिकांश अस्पताल कोरोना संक्रमितले भरिभराउ छन् भने अक्सिजन,...

मुख्यमन्त्री राउतका पिएसओ असईको दुर्घटनामा मृत्यु

काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतका पिएसओ प्रहरी सहायक निरीक्षक मदनजंग कापरको सवारी दुर्घटनामा मृत्यु भएको छ । आज विहान ३ बजे...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)