Saturday, September 25, 2021
Your Ads Here
HomeEditor-Picksबागलुङमा शंकाले तयार गर्छ सम्बन्ध विच्छेद

बागलुङमा शंकाले तयार गर्छ सम्बन्ध विच्छेद

राजधानी संवाददाता,
sharethis

जिल्ला अदालत बागलुङमा गत आर्थिक बर्षमा परेका मुद्दा मध्ये अधिकांस सम्बन्ध विच्छेदका छन् । कुल ३९६ वटा मुद्दा मध्ये १७० वटा मुद्दा सम्बन्ध विच्छेदका हुन । बागलुङमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढ्दै गएको देखिएको छ । जिल्ला अदालत बागलुङले सार्वजनिक गरेको तथ्याङ्कमा कुल मुद्दाको झण्डै आधा जति सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका हुन ।

पछिल्लो केही बर्ष यता स–सानो कुरा र शंकाको भर सम्बन्ध विच्छेद गर्ने दम्पत्ती तयार हुने गरेको जिल्ला न्यायाधीस बासुदेव न्यौपानेको भनाई छ । मुद्दा दर्ता गर्ने समयमा कारणलाई जटिल रुपमा प्रस्तुत गरेर आउने गरे पनि अदालतमा सोधपुछ गर्दा सामान्य विषयको शंकाले सम्बन्ध टुंगिएको हुन्छ ।’

श्रीमान विदेशमा गएपछि यहाँ अर्कैसंग लागेको भन्ने आरोपमा झगडा सुरु हुने र सामान्य शंकाको अधारमा सम्बन्ध बिग्रदै गएको देखिन्छ,’ न्याधिश न्यौपाने भने–‘मैले पठाएको पैसाको हिसाब देखिएन भन्ने कुराले सम्बन्ध विच्छेदसम्मको अवस्थामा पु¥याएको देखिन्छ । पहिले जे जस्तो भए पनि सम्बन्ध जोगाउनुपर्छ भन्ने थियो । तर अहिले सम्बन्ध विच्छेद सजिलै भएको देखिन्छ ।’

अधिकांसले मिलापत्रमै सम्बन्ध विच्छेद गर्ने गरेको उहाँको भनाई छ । जिल्ला अदालत बागलुङमा १३३ मुद्दा मिलापत्र भएकोमा १२२ थान सम्बन्ध विच्छेदका मुद्दामा मिलापत्र गरेर छुटिटएको अदालतले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सम्बन्ध विच्छेदका ७२ मुद्दा जिम्मेवारी सरेर आएकोमा गत आर्थिक वर्षमा ५८ मुद्दा फछ्र्यौट भएका थिए । १४ वटा मुद्दा अझै बाँकी रहेका छन् । आर्थिक २०७७÷०७८ मा १७० वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १२२ मिलापत्र भएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

४८ वटा मुद्दा बाँकी छन । गत आर्थिक वर्षमा जबरजस्ती करणीका ४२ मुद्दा दर्ता भएकोमा २८ मुद्दा फछ्र्यौट भएका थिए । बालयौन दुरुपयोगमा ४ मुद्दा परेकोमा चार वटै फैसला भएको छ । आत्महत्या दुरुत्साहनमा पाँच मुद्दा दर्ता भएकोमा चार मुद्दा फैसला भएको छ । ज्यान सम्बन्धी मुद्दामा २४ मुद्दा दर्ता भएकोमा ६ वटा मात्रै फैसला भएको र १८ वटा बाँकी रहेको अदालतले जनाएको छ । विभीन्न चोरीका १७ मुद्दा रहेकोमा १६ फैसला भएको छ । लागु औषध सम्बन्धी १९ मुद्दामध्ये ७ वटा मात्रै फैसला भएको छ ।

बोक्सी सम्बन्धी आरोपमा एउटा मुद्दा परेर मिलापत्रमा टुंगिएको छ । घरेलु हिंसा सम्बन्धी ८ वटा मुद्दा परेकोमा सबै मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश जारी भएको छ । वैवाहिक जबरजस्ती करणी दुई मुद्दामध्ये दुईटैको फैसला भएको छ ।

कैदतर्फ कुल ८ सय ६४ वर्ष ६ महिना ८ दिनमध्ये दुई सय ५४ वर्ष एक महिना १६ दिन कार्यान्वयन भएको छ । जरिवानातर्फ कुल दुई करोड ५६ लाख ७० हजार सात सय ३१ रुपैयाँ कार्यान्वयन हुनुपर्नेमा ७० लाख ४६ हजार ९६८ रुपैयाँ कार्यान्वयन भएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 67 times, 1 visits today)

आजको समाचार

दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

काठमाडौं । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस क्षेत्रका विज्ञको भनाइ छ...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

गायिका इन्दिरा जाेशीकाे सुटुक्क इन्गेजमेन्ट

  काठमाडाैं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले हिजो खुम्बु पुगेर बिहे पक्का गरेका...

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

साताका लोकप्रिय समाचार

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

  काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ...

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

  काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको...

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

रूपा सुनारलाई काेठा भाडामा नदिने सरस्वतीसंग १ लाख १५ हजार धराैटी माग

  काठमाडाैं ।  दलितलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी...

टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक...

ट्रेन्डिङ

बढेको तलब गत साउनदेखि नै नपाए आन्दोलनमा उत्रने ट्रेड युनियनको चेतावनी

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले सरकारले वृद्धि गरेको तलब चालू आर्थिक वर्षको सुरु (गत १ साउन)देखि नै नपाए आन्दोलनमा उत्रने चेतावनी...

संसद विघटनविरुद्ध परेका रिट प्रधानन्यायाधीश राणाको बेन्चमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संसद विघटनको विरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिटहरुको सुनुवाइ आफ्नै बेन्चमा राखेका छन् । आज बिहीबार पेशी तोक्दा...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)