Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ५हरिनास गाँउपालिकाका अध्यक्षबिरुद्ध अख्तियारमा उजुरी

हरिनास गाँउपालिकाका अध्यक्षबिरुद्ध अख्तियारमा उजुरी

श्रीकृष्ण सिग्देल,
sharethis

स्याङ्जा । स्थानीयतहको निर्वाचन भएको ४ बर्ष पुरा भएर ५ बर्षमा लाग्दै छ । मुलुकको संघियता अनुसार निमार्ण भएका स्थानीयतहको निर्वाचन पछि सबै भन्दा बढी अनियमितता स्थानीयतहमा देखिन थालेका छन् । नयाँ संरचना र लामो समयपछि स्थानीय तहको निर्वाचनले गर्दा जनप्रतिनिधिहरुमा बढी उन्माद देखिएको स्थानीयहरुले बताउदै आएका छन् ।

जनप्रतिनिधि जनमुखी भएनन् भनेर आरोप समेत खेपीरहेका बेला कार्यकाल सकिनै लाग्दा सर्वसाधरणहरु अख्तियारको ढोका पुग्न थालेका छन् । गत आर्थिक बर्षमा ९ सय ३२ उजुरी मध्ये सबै भन्दा बढी उजुरी स्थानीयतहको रहेको गण्डकी प्रदेश अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । यस्तै चपेटाको भुमरीमा अहिले हरिनास गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धर पनि अख्तियारको निगरानीमा परेका छन् ।

गाँउपालिकाबाट बिनियोजन हुने रकममा आफै मनोमानी गर्दै हरेक विकास निमार्णमा आर्थिक अनियमिता देखि कजोररुपमा विकास योजना सम्पन्न भएको गाँउपालिकावासीले आरोप लगाएका छन् । पटक पटक गाँउपालिका अध्यक्ष मानन्धरलाई मनोमानी नगरी विकास निमार्णमा साझेदारी अपनत्व लिन आग्रह गरेपनि दादागिरी शैलीमा अगाडी बढेपछि अनियमिता छानविन गरिदिन अख्तियारको ढोका पुग्न बाध्य भएको स्थानीयहरुले बताएका छन् ।

दुईचरणमा गरेर हरिनास गाँउपालिकाका स्थानीयले अख्तियारमा उजुरी दिएका छन् । नाम सार्वजनिक नगरिदिने शर्तमा ति स्थानीयले भने २०७७ साल साउन ८ गते र अर्को २०७८ साल असार २४ गते अख्तियारमा विभिन्न योजनाको नाम सहित छानविन गरिदिन निवेदन दिएको बताए ।

उनका अनुसार ४ बर्षको अन्तरालमा उनले करोडौ रुपैया भष्टचार गरेको आरोप लगाए । नागरिकको हित भन्दा पनि आफ्नो स्वार्थलाई फाइदा पुग्ने गरी रकम बिनियोजन हुने गरेका छन् ति स्थानीयले भने,‘बजेट निधारर्ण गर्दा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्देशित गरेभन्दा बाहिर रहेर हुने गरेका छन् ।’ गाँउपालिकाको भवन, देखि भ्युटावर बनाउदा टेण्डर आब्ह्रान समेत नगरी उपभोक्ताको नामबाट निमार्ण गरिएको छ उनले भने । १ करोड २० लामा गाँउपालिकाको भवन निमार्ण गर्दा सार्वजनिक खरिद ऐन अनुसार टेण्डर नै आब्ह्रान नगरी आफै निमार्ण थाल्दा ठुलो आर्थिक अनियमितता भएको शंका स्थानीयले लगाएका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

उनका अनुसार गाँउपालिका भवन, बैदी छाप क्याक्मी मोटरबाटो, हरिनास ६ मा निमार्ण गरिएको भ्युटावर लगायत दर्जनौ योजनामा आर्थिक अनियमिता भएको शंका गरी स्थानीयले अख्तियारमा उजुरी दिएका छन् । यस बिषयमा जानकारी लिन खोज्दा गाँउपालिका अध्यक्ष मानन्धर सम्पर्कमा आएनन् । अध्यक्ष मानन्धर निर्वाचित भएदेखिबाटै विवादमा तानिदै आएपनि उनको खबर खासै बाहिर आएको थिएन । उनीको कार्यशैलि बाट कार्यालयका कर्मचारी र जनप्रतिनिधि समेत असन्तुष्ट रहेको बताइएको छ ।

हरिनास ६ मा निर्माण हुदै गरेको पुर्कोट भ्युटावरको बिषयमा आफुलाई कुनै जानकारी नभएको सोही वडाका अध्यक्ष नरबहादुर थापाले बताए । आफ्नै वडामा भ्युटावर निमार्ण हुदा न टेण्डर आब्ह्रान भएको छ न उपभोक्ता समिति गठन गर्दा मलाई जानकारी दिइएको छ यस बिषयमा आफु अनविज्ञ रहेको वडा अध्यक्ष थापाले बताए । गाँउपालिकाले नै बजेट बिनियोजन गरेको र अध्यक्ष आफैले उपभोक्ता समिति गठन गरेर भ्युटावर निमार्ण गरेको थापाको भनाई छ ।

स्याङ्जाबाट मात्रै गएको आर्थिक बर्षमा १ सय २ उजुरी अख्तियारमा दर्ता भएका छन् । ति मध्ये संघिय सरकारका २१, प्रदेश सरकारका ९ र स्थानीय सरकारका ७२ उजुरी रहेका छन् । तिनतहका सरकार मध्ये सबै भन्दा बढी उजुरी स्थानीयतहकै दर्ता भएको अख्तियारको तथ्याङ्कमा देखिन्छ । कुन कुन स्थानीयतहको उजुरी दर्ता भएको छ भन्ने प्रश्नमा अख्तियारले अनुसन्धानमा समस्या हुने भन्दै नाम बताउन चाहेन । सबै जसो उजुरीमा सरकारी अनुदान विकास सम्वन्धी रहेको बुझिएको छ । यस बिषयमा अख्तियारले कसरी आफ्नो अनुसन्धानलाई अगाडी बढाउने छ त्यो भने हेर्न बाँकी छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   दिगो विकास लक्ष्यका विषयमा जनप्रतिनिधि नै बेखबर

 

तपाइको प्रतिक्रिया

(Visited 96 times, 1 visits today)

आजको समाचार

काठमाडौं प्रहरीको चाडबाड सुरक्षा योजना

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले दसैंतिहारलगायतका चाडबाड लक्षित गर्दै सुरक्षा योजना बनाएको छ । परिसर काठमाडौंले बनाएको सुरक्षा योजनामा चाडबाडका लागि प्रहरी परिचालनदेखि...

सरकार भन्छ : बजार अनुगमन सुरु भयो, उपभोक्ता भन्छन् ‘यो नौटंकी हो’

  काठमाडौँ । सरकारले दसै, तिहार, छठ जस्ता चाडपर्वलाई लक्षित गरी बिहीबारदेखि संयुक्त रूपमा बजार अनुगमन सुरु थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्तासंग विभाग,...

दसैंमा टिकाकाे साइत बिहान १० बजेर ०२ मिनेटमा

  काठमाडाैं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत...

स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

  काठमाडौँ । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले...

सार्वजनिक सवारी साधनको भाडा बढ्यो

काठमाडाैं । सरकारले आजदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा देशभर लागू हुने गरी नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात...

साताका लोकप्रिय समाचार

डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

  काठमाडाैं ।  परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

३२ मुद्दाले धानेको अख्तियारको जागिर ! ठूला मुद्दा प्रतिवेदनमै सीमित, शंकाको घेरामा सधै ‘साना माछा’

काठमाडौं । ९ वैशाख ०७८ मा सर्वोच्च अदालतले आफैँ नगद दिएर रंगेहात घुसको मुद्दा दर्ता नगराउन आदेशपछि निष्क्रिय जस्तै छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । आर्थिक...

बजेट व्यवस्थापनमा ध्यान देऊ

ओली सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न देउवा सरकारले प्रतिस्थापन विधेयक ल्याएर प्रतिनिधिसभामा प्रस्तुत गरी पारित गरेपछि बजेट होलिडेका कारण देशमा दैनिक काम धान्न...

ट्रेन्डिङ

प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज...

कोरोना नियन्त्रण गर्न एक लाख सुरक्षाकर्मी मैदानमा

काठमाडौं । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)