बेपत्ता बालिका ३ वर्षपछि सकुशल घर आइपुगिन्

 

सप्तरी,राजविराज । पर्साको विरगंज माहानगपालिका ११ परवानीपुरबाट हराएकी ११ वर्षीया किशोरीलाई झण्डै ३ वर्षपछि भारतबाट उद्धार गरी मंगलवार परिवारलाई जिम्मा लगाइएको छ ।

११ वर्षको उमेरमा हराएकी सायदा खातुनको हाल १४ वर्ष पुगेकी छोरी नजरीनलाई एक अधिकारबादी संस्थाले उद्धार गरेको हो । उनलाई सप्तरी स्थित सेतु सामुदायीक विकास तथा मानव अधिकार संरक्षण मञ्च सप्तरीले भारतको सुपौल जिल्लाबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालय सप्तरीको समन्वयमा परिवारलाई बुझाएको संस्थाका अध्यक्ष जंग बहादुर सिहले जानकारी दिए । “सबै सुतिरहेका बेला हराएकी छोरीलाई ३ वर्ष पछि आखै अघि देख्दा आमा सायदा बोल्नै सकिनन । छोरी हराएपछि छोरा शैफ आलम र पति हसमुल्ला सबै मिली चारै तीर खोजे पनि भेटेनन् । केही उपाय नलागेपछि घरमै वसिरहेका थिए । छोरी कै शोकमा रहेका पिता हसमुल्लाको पनि २ वर्ष अघि निधन भयो ।

तर, मंगलवार छोरीलाई देखेपछि आमा सायदाको खुशीको सिमा नै थिएन । उनी त्यो खुशी शब्दमा ब्यक्त गर्न सकिरहेकी थिइनन् । छोरीलाई जिम्मा लिन औपचारिक कागज गर्न जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेकी उनले खुशीका आँशु झार्दै भनिन,“जताततै खोज्दा खोज्दै फेला नपरेपछि आस मरिसकेको बेला राजविराजबाट डिएसपी माधव प्रसाद काफ्लले फोन गरेर “छोरी फेला प¥यो लिन आउनु” भने पछि खुशीको सिमा रहेन ।”

नजरिनलाई भारत विहार राज्यको दरभंगामा अलपत्र अवस्थामा ३ वर्ष अघि भारतीय प्रहरीले फेला पारेको थियो । ठेगाना तथा अभिभावक’bout स्पष्ट बताउन नसकेपछि उनलाई प्रहरी मार्फत जिल्ला बाल संरक्षण इकाई सुपौलको जिम्मा लगाइएको थियो । उक्त संस्थाले नजरिनलाई भारतको मधुवनी स्थित बाल संरक्षण इकाई केन्द्रमा राखी आफन्तको खोज तलास शुरु गरेको थियो । सोही क्रममा सो संस्थाले मानव अधिकार क्षेत्रमा क्रियाशिल राजविराज स्थित सेतु सामुदायीक विकास तथा मानव अधिकार संरक्षण मंच संग सम्पर्क गरी हुलिया विवरण उपलब्ध गराई आफन्त खोज्न आग्रह गरेको थियो ।

बहिनी हराएकै दिन प्रहरीमा उजुरी दिएको बताएका बालिकाका भाई सैफ आलमले उनी कसरी भारत पुगिन् भन्ने ’bout आफुहरुलाई केही थाहा नभएको जानकारी दिए । बालिका समेतले आफु भारत कसरी पुगे भन्ने कुरा थाह नभएको सुनाईन । भारतीय बाल संरक्षण इकाई केन्द्रमा रहेकी बालिकाले अभिभावक तथा आफनो स्पष्ट ठेगाना बताउन नसकेपनि नेपाल र परवानीपुर भन्ने ठाउँ भने बताएपछि उक्त केन्द्र आफनो सम्पर्कमा आएको र जिल्ला प्रहरी कार्यालय सप्तरीको सहयोगमा बालिकालाई परिवारको सानिध्यमा ल्याउन सफल भएको उद्धारकर्ता संस्थाकी महिला विभाग प्रमुख एवं राष्ट्रिय महिला आयोगकी सदस्य समेत रहेकी आभा सेतु सिंहले सुनाईन ।

ठेगाना र अभिभावकका ’boutका स्पष्ट जानकारी दिन नसक्दा बालिकालाई घर फर्काउन ढिलाई भएको सिंहको भनाई छ । उनले बालिकाको पारिवारीक मिलन गराउन प्रहरी उपरिक्षक राजेन्द्र धमला, डिएसपि माधव प्रसाद काफ्ले तथा जिल्ला प्रहरी कार्यालय पर्साले पनि निकै सहयोग गरेको सुनाईन ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
‘ब्यूटी प्याजेन्ट’ बलात्कार प्रकरणमा शीघ्र अनुसन्धान गर्न सरकारलाई संसदको निर्देशन