Thursday, September 16, 2021
Your Ads Here
HomeNot-to-be-missedब्राजिल लगातार तेस्रोपटक फाइनलमा

ब्राजिल लगातार तेस्रोपटक फाइनलमा

एजेन्सी,
sharethis

टोकियो । साविकको विजेता ब्राजिल लगातार तेस्रो संस्करण ओलम्पिकअन्तर्गतको फुटबलतर्फ पुरुष यू–२३ तर्फको फाइनलमा प्रवेश गरेको छ । कासिमा सकर स्टेडियममा मंगलबार भएको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलतर्फको पहिलो सेमिफाइनलमा मेक्सिकोको यू–२३ टोलीलाई पेनाल्टी सुटआउटमा ४–१ ले पराजित गर्दै ब्राजिलको यू–२३ टोली लगातार तेस्रो संस्करणको ओलम्पिकको फाइनलमा पुग्न सफल भएको हो ।

ब्राजिल सन् २०१२ र २०१६ मा फाइनलमा पुग्दा २०१६ मा स्वर्ण जित्न सफल भएको थियो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेट अतिरिक्त समय पनि गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । ब्राजिलको सबै ४ प्रहार गोलमा परिणत हुँदा मेक्सिकोले भने सुरुवाती दुई प्रहारमा गोल गर्न सकेन । ब्राजिलका लागि कप्तान ड्यानी आल्भेसले पहिलो प्रहार नै गोलमा परिणत गरेका थिए ।

त्यसपछि मेक्सिकोका एडुआर्डो अगिएरको प्रहार गोलरक्षक अबेर्दार सान्तोषले विफल पारे । ब्राजिलका ग्याब्रिएल मार्टिनेलीले दोस्रो प्रहारमा गोल गर्दा जोहान भास्केजको प्रहार पोस्टमा लाग्दै बाहिरियो । त्यसपछि ब्रुनो गुइमारेसले गोल गर्दै ब्राजिललाई जितको संघारमा पु¥याए । मेक्सिकोका कार्लोस रोड्रिग्वेजको प्रहार गोल भए पनि त्यसपछि रेनिएरले गोल गर्दै ब्राजिललाई फाइनलसम्म पु¥याए ।

अर्काे सेमिफाइनलमा रियल मड्रिडका बिंगर मार्को एसेन्सियोले अतिरिक्त समयमा गोल गरेपछि जापानलाई १–० ले पराजित गर्दै सन् १९९२ को स्वर्ण विजेता स्पेनलाई सन् २००० पछि पहिलोपटक फाइनलमा पुग्न सफल भएको छ । स्पेन र जापानबीच निकै प्रतिस्पर्धात्मक खेल पनि टाइब्रेकरतर्फ उन्मुख हुँदा एसेन्सियोले गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तर, अतिरिक्त समयको ५ मिनेट समय बाँकी हुँदा एसेन्सियोले विजयी गोल गरे । उनले मिकेल ओयाराज्बलको पासमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । फाइनल ७ अगस्टमा हुनेछ । त्यसअघि ६ अगस्टमा मेक्सिको र जापानबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

चीनलाई पछ्याउँदै अमेरिका
चीनले विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०)को ११औं दिनको खेल सकिदा पदक तालिकामा आफ्नो शीर्ष स्थानलाई यथावत् राख्दा अमेरिकाले लगातार चीनलाई पछ्याइरहेको छ ।

चीनले मंगलबारसम्म ३२ स्वर्ण, २१ रजत र १६ कास्य गरी कुल ६९ पदक जितेको छ । अमेरिका २४ स्वर्ण, २७ रजत र २१ कास्य गरी कुल ७२ पदक जित्दै चीनलाई पछ्याइरहेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   धावक धर्मले बर्लिन म्याराथन खेल्ने

आयोजक जापान १९, स्वर्ण ६ रजत र ११ कास्य गरी कुल ३६ पदक गरी जापान तेस्रो स्थानमा यथावत् रहेको छ । १४ स्वर्ण, ४ रजत र १५ कास्य गरी कुल ३३ पदक हात पारेको अस्ट्रेलिया चौथो स्थानमा रहँदा रसियन ओलम्पिक कमिटी टोली (आरओसी) १३ स्वर्ण, २१ रजत र १८ कास्यसहित ५२ पदक जित्दै पाँचौं स्थानमा यथावत् रहेको छ ।

इंग्ल्यान्ड १३ स्वर्ण, १७ रजत र १३ कास्य गरी कुल ४३ पदक जितेर छैटौं स्थानमा रहेको छ । जर्मनी ८ स्वर्ण, ८ रजत र १४ कास्य गरी ३० पदकसहित सातौं स्थानमा उक्लँदा फ्रान्स ६ स्वर्ण, १० रजत र ८ कास्यसहित २४ पदक जितेर आठौं स्थानमा झरेको छ । नेदरल्यान्ड्स ६ स्वर्ण, ७ रजत र ७ कास्य गरी २० पदक जित्दै नवौं स्थानमा उक्लँदा मंगलबार कुनै पदक जित्न नसकेको दक्षिण कोरियाले ६ स्वर्ण ४ रजत र ९ कास्य गरी कुल १९ पदकसहित शीर्ष १० मा अटाएको छ । न्युजिल्यान्डले ६ स्वर्ण, ४ रजत र ५ कास्य गरी १५ पदक जितेको छ ।

इटाली ५ स्वर्ण, ९ रजत र १५ कास्य गरी २९ पदकसहित १२औं स्थानमा रहेको छ । हंगेरीले ४ स्वर्ण, ४ रजत र ३ कास्य गरी ११ पदक जितेको छ । क्युबाले ४ स्वर्ण, ३ रजत र ४ कास्य गरी ११ पदक जितेको छ । चेक रिपब्लिकले ४ स्वर्ण, ३ रजत र १ कास्य गरी ८ पदक जित्दै शीर्ष १५ मा अटाएका छन् । क्यानडा, स्विट्जरल्यान्ड, ब्राजिल र क्रोएसियाले समान ३ स्वर्ण जितेका छन् । चाइनिज ताइपेइ, पोल्यान्ड, डेनमार्क, जमैका, नर्वे, स्लोभेनिया, इक्वेडर, ग्रिस, उज्वेकिस्तान, कोसोभो र कतारले समान दुई स्वर्ण जितेका छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   बलिउडमा पारिश्रमिक विवाद, करिनाको स्थानमा कंगना

स्पेन, जर्जिया, रोमानिया, स्विडेन, भेनेजुएला, हङकङ, दक्षिण अफ्रिका, स्लोभाकिया, अस्ट्रिया, इन्डोनेसिया, सर्विया, बेल्जियम इथियोपिया, फिलिपिन्स, ट्युनिसिया, टर्की, आयरल्यान्ड, इजरायल, बेलारुस, इस्टोनिया, फिजी, इरान, लात्भिया, बर्मुडा, मोरोक्को, प्युरेटो रिको र थाइल्यान्डले समान एक स्वर्ण जितेका छन् । टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ५७ राष्ट्रले स्वर्ण जित्दा ८३ राष्ट्रले पदक जित्न सफल भएका छन् ।

तपाइको प्रतिक्रिया

(Visited 72 times, 1 visits today)

आजको समाचार

नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणवाट ज्यान गुमाउनेको संख्या एघार हजार नजिक पुगेको छ । बुधबारसम्म १० हजार ९ सय ९१ जनाको कोरोना भाइरस...

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

वर्तमान सरकार र जनअपेक्षा

लगभग दुई तिहाइ जनमत प्राप्त पूर्वसरकारले विकास र समृृद्धिका लागि कार्य गर्दै अगाडि बढेको अवस्थामा आन्तरिक कलहका कारण सत्ताबाट हटनुपर्ने अवस्थाको सिर्जना भयो ।...

पत्रकार यात्रुसहित चारलाई नगद पुरस्कार र सम्मान

  काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा बिशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रु लगायत दुई जना...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

साताका लोकप्रिय समाचार

चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नियुक्त भएको ६० दिन भएको छ । २९ असारमा गठन भएको सरकार दुई महिना बित्दा पनि...

एमाले विवादः १० बुँदे सहमति कार्यान्वयनमा ओलीको आनाकानी

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आइतबार बिहान एमाले शीर्ष नेताहरू जम्मा भए । उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल,...

युवतीकाे शंकास्पद मृत्यु, हत्या आशंका

  उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरामा एक युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा २१ वर्षीया करिश्मा...

फेरिए तालिबान, शासन व्यवस्था लचक

काबुल । यी दुई तस्बिर अफगानिस्तानमा तालिबानले पुनः सत्ता हातमा लिएपछि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको हो । एउटा तस्बिरमा छात्राहरूले पूरै मुख छोप्ने गरी बुर्का...

संखुवासभा हत्या घटनाले उब्जाएको प्रश्न

संखुवासभाको उम्लिङ खोलागाउँमा आङ नै सिरिंङ हुनेगरी घट्न पुगेको सामूहिक हत्याकाण्डले सबैलाई सोच्ने बनाएको छ । त्यसमा पनि हत्याको कारण खुल्न जाँदा यसले सबैलाई...

ट्रेन्डिङ

दुई अर्बभन्दा बढीको रुद्राक्ष कारोबार संकटमा

संखुवासभा । कोरोना भाइरसकोभिड–१९ को संक्रमणका कारण २ अर्व बढीको रुद्राक्ष संकटमा परेको छ । भारत र चीनमा बिक्री हुँदै आएको रुद्राक्ष यो वर्ष...

प्रहरी प्रशासनमा गरिनुपर्ने सुधार

२००८ सालदेखि अहिलेसम्म २८ व्यक्ति नेपाल प्रहरीको आईजीपी बने । यसमध्ये १०औं आईजीपी खड्गजितसिंह बराल र १२औं दिलबहादुर लामा सुधारवादी आईजीपीका रूपमा चिनिए ।...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)