Monday, September 27, 2021
Your Ads Here
HomeEditor-Picks‘पारसको सन्न्यास’ एक युगको अन्त्य

‘पारसको सन्न्यास’ एक युगको अन्त्य

दिल तामाङ,
sharethis

काठमाडौं । नेपाली क्रिकेट समर्थकले अब पारस खड्काले लगाउने ७७ नम्बरको जर्सी सधैं मिस’ गर्नेछन् । कारण नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट बल र ब्याट थन्क्याउने निर्णय गरेका छन् । नेपाली क्रिकेट इतिहासकै सर्वाधिक सफल खेलाडी पारस खड्काले मंगलबार बिहान आफ्नो १९ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट करियरलाई अन्त्य गर्ने निर्णय गरेका हुन् ।

सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय कप्तानी पनि सम्हालेका थिए । उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म प्राप्त गरेको थियो । नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरका रूपमा आफूलाई स्थापित गरे ।

एसोसिएट क्रिकेटकै स्टारका रूपमा रहेका पारसले पछिल्लो समय विदेशी फ्रेन्चाइज लिगमा पनि खेलेका थिए । घरेलु क्रिकेटमा पनि सफल कप्तानका रूपमा दरिएका उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि घरेलु क्रिकेट खेल्ने बताएका छन् । नेपालले अहिलेसम्म प्रहार गरेका १३ अन्तर्राष्ट्रिय शतकमध्ये पारसले पाँच शतक प्रहार गरेका छन् ।

पारसले नेपालबाट पछिल्लोपटक गत वर्ष फागुनमा थाइल्यान्डमा भएको एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगिता खेलेका थिए । पारसले चोटका कारण गत वैशाखमा घरेलु मैदानमा आयोजना भएको नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–२० आई सिरिज खेलेका थिएनन् । नेपालका लागि यू–१७ र यू–१९ हुँदै सन् २००४ मा पारसले मलेसियाविरुद्ध डेब्यु गरेका थिए । मलेसियाविरुद्धको खेलमार्फत डेब्यु गर्दा पारसले पहिलो इनिङमा ४४ रन र १ विकेट लिएका थिए ।

पारसले सन् २००९ को एसीसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका थिए । उनले तत्कालिक कप्तान विनोद दासको स्थानमा कप्तानी गर्ने अवसर पाएका थिए । २२ वर्षको उमेरमा कप्तानको जिम्मेवारी पाएका पारस नेपाली क्रिकेटका सफल कप्तान बने । पारसले सन् २००९ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी गरेका थिए । उनको कप्तानीमा नेपालले पहिलोपटक सन् २०१४ टी–२० विश्वकप खेलेको थियो ।

२०१८ मा पहिलोपटक ऐतिहासिक ओडीआई मान्यता पाएको थियो । पारसले नेपाललाई पहिलोपटक २०१० मा डिभिजन पाँचको उपाधि जिताएका थिए । उनको कप्तानीमा नेपालले डिभिजन ५ देखि ३ सम्म उपाधि जितेका छन् । पारस कप्तानसँगै सर्वाधिक सफल खेलाडीको नाममा दर्जनौं कीर्तिमान छ । पारस ओडीआई र टी–२० आई दुवैमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् ।

ओडीआईमा २०१९ मा यूएई र त्यसै वर्ष सिंगापुरविरुद्ध टी–२० आईमा शतक प्रहार गरेका थिए । पारसले नेपालबाट १० ओडीआई, ३३ टी–२० आई, २ प्रथम श्रेणी, ४४ लिस्ट ‘ए’ र ५६ टी–२० क्रिकेट खेलेका छन् । पारसले २०१९ मा नेपाली टोलीको कप्तानी छाडेका थिए । संयोगवश पारसले पहिलो ओडीआई खेल जितेकै दिन सन्न्यास लिएका हुन् । २०१८ मा पारस ३ अगस्टमै नेदरल्यान्ड्सलाई एक रनले हराउँदै ऐतिहासिक ओडीआई खेल जिताएका थिए ।

प्रस्ट वक्ता पारसले क्रिकेटरको हितका लागि सधैं बोलिरहे । क्रिकेटका विसंगतिविरूद्ध बोल्न कहिल्यै डराएनन् । खेलकुद क्षेत्रका सेलिब्रेटी पारसले मैदानमा आक्रमक शैलीमा ब्याटिङ गर्दै समर्थकको मन जिते । अहिले राष्ट्रिय टिममा परेका कतिपय युवा खेलाडी पारसको खेल हेरेर हुर्किएका थिए । उनको खेलेर हेरर क्रिकेटप्रति आकर्षित भएका थिए ।

नेपालमा क्रिकेटको माहोल बनाउने र अन्तर्राष्ट्रिय स्तरमा उच्च छवि बनाउन पारसको नेतृत्वमा रहेको नेपाली टिमको योगदान छ । दशकअघि उमेर समूहमा तहल्का मच्चाएको नेपाल अहिले सिनियर स्तरमा पनि बलियो टिमलाई चुनौती दिन सक्ने हौसियत छ । त्यसैले पारस नेतृत्वको नेपाली राष्ट्रिय टिम नेपाल क्रिकेटको एउटा युग हो ।

उनको सन्न्याससँगै नेपाली क्रिकेटमा पारस युगको अन्त्य भएको छ । नेपाली क्रिकेट समर्थकले अब उनले लगाउने ७७ नम्बरको जर्सी सधैं ‘मिस’ गर्नेछन् । उनले लगाउने ७७ नम्बरको जर्सीको पछाडि केही कारण छन् । नेपाली क्यालेन्डरअनुसार पारसको जन्म महिना कात्तिक (सातौं) महिनामा पर्छ । पारस कात्तिकको ७ गते जन्मिएका हुन् । पारसले ७७ नम्बरको जर्सी लगाउनुको पहिलो कारण सातौं महिनाको सात गते जन्मदिन परेकाले हो ।

त्यसो त पारस ७ नम्बरलाई आफ्नो ‘लक्की नम्बर’ पनि मान्छन् । किनकी, उनी नेपाली राष्ट्रिय टिमका सातौं कप्तान हुन् । उत्तम कर्माचार्य, लेखबहादुर क्षेत्री, पवन अग्रवाल, राजु खड्का, परेश लोहनी र विनोद दासपछि नेपालको सातौं कप्तानका रूपमा पारसले जिम्मेवारी पाएका थिए । पारसले पहिलो अन्तर्राष्ट्रिय शतक ७७ बलमा प्रहार गरेका थिए । उनले सन् २०१२ को एसीसी ट्रफीमा कुवेतविरूद्ध ७७ बलमा नटआउट १०६ रन प्रहार गरेका थिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   खुल्यो मुक्तिनाथ मन्दिर, खाेप लगाएकाले पूजा गर्न पाउने

‘नेपालका लागि खेल्नु सर्वश्रेष्ठ उपलब्धि’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपालका लागि खेल्नु सर्वश्रेष्ठ उपलब्धि रहेको बताएका छन् । उनले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै यस्तो बताएका हुन् । ‘सम्पूर्ण नेपाली क्रिकेट समर्थक, सरोकारवाला, प्रतिकृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेको छु, नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो’, पारसले सन्न्यास पत्रमा लेखेका छन् ।

सन् २००४ मा मलेसियाविरुद्ध डेब्यु गर्दै अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई अघि बढाएका पारसले नेपालबाट अन्तिम खेल २०२० मार्च ४ मा थाइल्यान्डविरुद्ध खेलेका थिए । ‘२००२ मा १५ वर्षको हुँदा सुरु गरेको क्रिकेट यात्रा साथ, समर्थन, माया, हौसला, दिने प्रशिक्षक, प्रशंसक, सरोकारवाला, मिडियाकर्मी, मेरो परिवार र साथीप्रति म सदैव ऋणी रहनेछु ।’ पारसले सन्न्यास लिँदै भनेका छन् । ‘क्रिकेटरका रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगत्को उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरे ।

मैले देखेको सपना नेपाली क्रिकेटको उन्नति हो । तर, यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाको संयुक्त प्रयासको आवश्यक छ’, पारसले सन्न्यास लिँदै भनेका छन् । त्यसैमा थपेका छन्, ‘इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य नयाँ उचाइमा पु¥याउँछौं’, पारसले अन्तर्राष्ट्रिय यात्रा आफ्नो टुंगिए पनि क्यान प्रशासन हुँदै क्रिकेट विकासमा नै लाग्ने विगतदेखि बताउँदै आएका छन् । नेपाली क्रिकेट विकासका लागि आफ्नो सपना भने अझै बामे सर्दै गरेको बताउँछन् । पारस नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी र कप्तान हुन् । २००८ देखि २०१९ सम्म नेपाली क्रिकेट टोलीको कप्तानी समालेका थिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

पारसको कप्तानीमा नेपालले पहिलोपटक २०१० मा घरेलु मैदानमा आईसीसी डिभिजन पाँचका उपाधि जितेको थियो । २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । पारसको प्रदर्शन र कप्तानी दुवै उत्कृष्ट रहँदा नेपालले यादगार प्रदर्शन गरेका थियो । २०१८ मा पारसले आफ्नो कप्तानीमा नेपाललाई ओडीआईमा मान्यता दिलाउँदै थप नयाँ उचाइमा पु¥याएका थिए । पारस टी–२० आईमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वको पहिलो कप्तान हुन् ।

उनले सिंगापुरविरुद्ध २०१९ सेप्टेम्बरमा १ सय ५ रनको ऐतिहासिक शतकीय इनिङ खेलेका थिए । नेपालबाट टी–२० क्रिकेट इतिहासमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । पारसले ३३ टी–२० आई खेलमा १ शतक र ४ अर्धशतकसहित कुल ७ सय ९९ रन बनाएका छन् । ८ विकेट लिएका छन् । लिस्ट ‘ए’मा पारसले ३ शतक र ९ अर्धशतकसहित कुल १ हजार ४ सय ९७ रन बनाउँदा २६ विकेट लिएका छन् । पारसले टी–२० क्रिकेटमा कुल २८ विकेट लिँदा कुल १ हजार ३ सय १७ रन बनाएका छन् ।

‘पारसको सन्न्यास आश्चर्यजनक’ क्यान
नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको सन्न्यास नेपाल क्रिकेट संघ (क्यान)ले आश्चर्यजनक रहेको बताएको छ । क्यानले नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी पारसले आफूसँग कुनै पनि सल्लाहबिना एक्कासी सन्न्यास लिनु आश्चर्य र दुःखद रहेको जनाएको छ ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले यो समयमा पारसले सन्न्यास लिन नहुने बताउँछन् । ‘मलाई साढे सात बजे खेल जीवनबाट सन्न्यास लिए भन्ने पारसले मेलमार्फत जानकारी दिएका थिए । अरू सरसल्लाह भने केही पनि भएको छैन’, चन्दले भने ।

‘यस्तो बेलामा सन्न्यास नलिनुपर्ने हो । मैले पहिला पनि भनेको थिएँ । हामी निर्वाचन जितेर आएपछि आईसीसीले सशर्त फुकुवा गरेको अर्को दिन नै पारसले कप्तानी छाडेका थिए । त्यो पनि ठिक थिएन ।’ यस्तै अध्यक्ष चन्दले आज (मंगलबार)देखि नै क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भएको छ । तीन चार दिनदेखि सम्पर्क गर्न ओज्दा उनी सम्पर्कमा नआएको र एक्कासी सन्न्यासको घोषणाले आश्चर्यमा परेको बताए । ‘यसमा म खुसी छैन ।

यति ठूलो योगदान दिएको खेलाडीले सन्न्यास लिनुअघि बोर्डसँग एकपटक छलफल गर्नुपर्ने थियो । क्यान नेपाली क्रिकेटको परिवार हो । केही चित्त नबुझेको कुरा हुन सक्छन् । त्यसमा छलफल गर्न सकिन्छ । हामी यस विषयमा छलफल गर्नेछौं ।

तपाइको प्रतिक्रिया

(Visited 60 times, 1 visits today)

आजको समाचार

राजधानीकर्मी माझी सहित विभिन्न क्षेत्रमा योगदान पु-याउने सम्मानित

  सप्तरी, राजविराज । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक रहेको...

मन्त्रिपरिषद् विस्तार कहिले ? नैराश्यता बढ्दै

काठमाडौं । सरकारी संयन्त्रलाई चुस्त दुरुस्त बनाउने र जनताप्रति उत्तरदायी बन्नुपर्ने सरकार राजनीतिक किचलोको सिकार बन्दै गएको छ । सत्ता गठबन्धनमा आबद्ध पाँच दलबीच सरकार...

एमालेमा अब कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने सुझाव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठकमा विभिन्न दस्तावेजमाथिको छलफलका क्रममा उपाध्यक्षको संख्या ७ पु¥याउनुपर्ने र पार्टी कार्यकारी पदमा दुई पटकभन्दा बढी...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

परराष्ट्रमन्त्री भेटवार्तामा व्यस्त

  काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा नारायण खड्काले शनिबार बङ्गलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनसँग भेटवार्ता गरेका छन्...

साताका लोकप्रिय समाचार

परराष्ट्रमन्त्री खड्काद्वारा शपथ, लगत्तै न्यूयोर्क जाने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई आज पद तथा गोपनीयताको शपथ दिलाएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा...

अब माओवादी केन्द्रमा पनि अध्यक्ष र पदाधिकारी चयन निर्वाचनबाटै

  काठमाडौं । पार्टी गठन भएपछि राष्ट्रिय सम्मेलन र विशेष सम्मेलन भन्दै अहिलेसम्म महाधिवेशन नगरेको नेकपा माओवादी केन्द्र पनि निर्वाचित कार्यसमितिकै लाइनमा उभिएको छ । माओवादी...

लागूऔषध चरेस कारोबारको नयाँ शैली

काठमाडौं । लागूऔषध कारोबारमा संलग्न गिरोहले लागूऔषध चरेसको नयाँ शैलीबाट ओसारपसार गर्दै व्यापार गर्दै आएको पाइएको छ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले चरेस...

महासभामा भाग लिन परराष्ट्रमन्त्री न्युयोर्कमा

  काठमाडाैं ।  पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् । मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन...

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । मंगलबार शेयर कारोबार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार भएको छ । सोमबार एक सय १४ अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकको सुधार देखिएको...

ट्रेन्डिङ

मर्स्याङ्दीमा ट्रक खस्दा छ जनाको मृत्यु, दुई गम्भीर घाइते (सूचीसहित)

लम्जुङ ।  लमजुङ बेँसीशहर–चोम सडकअन्तर्गत नासो गाउँपालिका–३ खोत्रोमा ट्रक खस्दा छ जनाको मृत्यु भएको छ । लमजुङ बेँसीशहरबाट मनाङ जाँदै गरेको ध१ख ५९२ नंको...

किसानको खेतमा सांसद साह

सिरहा । करोना भाइरसको मध्यनजर गर्दै नेपाल सरकारले जारी गरेको लकडाउनका कारण स्थानीय किसान मारमा परेको बखत प्रदेश २ का संसद दिलिप साहले किसानको...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)