Monday, September 27, 2021
Your Ads Here
Homeभर्खरैन्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिइने

न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिइने

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी भएको छ । त्यसका लागि सहमति जुटाउन सत्ता पक्षीय कार्यदलको बैठक आज पनि बस्दैछ ।

बालुवाटारमा बस्ने बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी छ । हिजो बिहान र बेलुकी दुई पटकसम्म कार्यदलको बैठक बसे पनि अन्तिम टुंगो लगाउन भने सकेको थिएन ।

कांग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित कार्यदलले मन्त्रिपरिषदलाई पूर्णता, मन्त्री छनोट गर्ने मापदण्ड बनाउने छ । यस्तै संवैधानिक तथा राजनीतिक नियुक्ति सम्बन्धी कार्यविधिलगायतका विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   परराष्ट्रमन्त्री खड्काको शपथ संवैधानिक कि असंवैधानिक ?

कार्यदलले अन्तिम प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी नेताहरुको छ । सत्ता गठबन्धनका नेताहरुले सरकारलाई सघाउने उद्देश्यले नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल गठन गरेका छन् ।

कार्यदलमा कांग्रेसको तर्फबाट खड्कासँगै मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय लगायतका नेताहरु छन् ।

तपाइको प्रतिक्रिया

(Visited 59 times, 1 visits today)

आजको समाचार

विन्दु परियारकाे अभिनयमा डेब्यु

  काठमाडाैं ।  आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत 'तिम्रै हुन पाउँ' सार्वजनिक भएको छ । सार्वजनिक गीतमा...

धुवाँलाई हाइड्रोजनमा परिणत गराैं, व्यापार घाटा कम गराैं

काठमाडौं । खेर गइरहेको बिजुली र उद्योग कलकारखानाबाट निस्केको धुवाँलाई हाइड्रोजनमा परिणत गरी व्यापार घाटा कम गर्न सकिने एक अध्ययनले देखिएको छ । काठमाडौं विश्वविद्यायलले...

कास्कीका ५ पालिकामा कसकाे प्यानलले जित्याे ?

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पोखरा महानगर नगरसभापतिमा सुरेन्द्रमान बिजुक्छे निर्वाचित भएका छन् । अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी आगामी कार्यकालका...

कांग्रेस पालिका अधिवेशन : काभ्रे, झापा, स्याँङ्जा र तनहुँका पालिकामा नयाँ नेतृत्व

काठमाडाैं ।  नेपाली कांग्रेसको नगर/गाउँपालिका अधिवेशनअन्तर्गत जिल्लाका १२ पालिकामा पार्टीको नयाँ चयन गरिएको छ । विवादका कारण महाभारत गाउँपालिकाको निर्वाचन स्थगन भएको छ । पार्टीको...

एक हजार ६०० जना कामका लागि इजरायल जान पाउने

  काठमाडाैं ।  नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक...

साताका लोकप्रिय समाचार

माधव नेपालविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा, अर्को पेसी मंगलबार

  काठमाडौं । माधव नेपालसहित १४ सांसद पदमुक्तको अन्तरिम आदेश माग गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको सुनुवाइ गरेको छ । न्यायाधीशद्वय दीपक...

कोलकातासँग मुम्बाई पराजित

आबुधावी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ । आबुधाबीमा गएराति भएको खेलमा मुम्बइले दिएको...

राष्ट्रिय गौरवको सेती राजमार्ग कछुवा गतिमा

सुदूरपश्चिम प्रदेशको विकासमा फट्को मार्ने अपेक्षा गरिएको राष्ट्रिय गौरव आयोजनाको सडक सेती राजमार्गले गति लिन सकेको छैन् । दुईवटा कार्यालय स्थापना गरी २०७१÷७२ सालमा...

कांग्रेस पदाधिकारी बैठक बस्दै, खड्काकाे बारेमा थप छलफल हुने

काठमाडाैं ।  प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति...

ट्रेन्डिङ

सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

सिन्धुपाल्चोक । कोेरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण सिन्धुपाल्चोकमा एक जना पुरुषको मृत्यु भएको छ । बिरामी भएर पाटन अस्पतालमा उपचारका लागि आएका पाँचपोखरी...

नेपाली टोली आज ढाका जाने

काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली बिहीबार ढाका प्रस्थान गर्ने भएका छन् । ढाका जाने ३४ सदस्यीय नेपाली...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)