Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेशबेलुका बजार हिँडेका राम बिहान कुलोमा मृत भेटिए

बेलुका बजार हिँडेका राम बिहान कुलोमा मृत भेटिए

राजधानी समाचारदाता,
sharethis

 

सप्तरी, राजविराज । अघिल्लो दिन साँझदेखी हराइरहेका एक युवा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सप्तरीको खडक नगरपालिका ३ गरुराहा टोल बस्ने ३० वर्षिय श्यामसुन्दर रामको मृत शरीर घरभन्दा करिब ५० मिटर टाढा रहेको कुलोमा फेला परेको हो ।

पानी जमेको कुलोमा घोप्टो परेको अवस्थामा बिहान ६ बजेतिर उनको मृत शरीर फेला परेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

परिवारका सदस्यका अनुसार मंगलबार साँझ राम, “केही काम छ, बजारबाट आउँछु” भन्दै घरबाट निस्केका थिए । राती घर नफर्केपछि खोजतलास गर्दै जाँदा उनको मृत शरीर बिहान घर नजिकैको कुलोबाट फेला परेको परिवारजनको भनाई छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   प्रभु साहले भने, "यो व्यवस्था असफल भईसक्यो"

उनको हत्या गरिएको दाबीसहित परिवारका सदस्यले घटनाको अनुसन्धानको माग गरेका छन् । मृतकको शव पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पताल पु-याइ थप अनुसन्धान भइरहेको डिएसपी काफ्लेले बताए ।

‘अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कडोरबोनाबाट एउटा टोली खटिसकेको छ’, उनले भने “टोलीको अनुसन्धान विवरण र पोष्टमार्टम रिपोर्ट आएपछि सबै सत्थयतथ्य सार्वजनिक गरिने छ ।”

 

तपाइको प्रतिक्रिया

(Visited 66 times, 1 visits today)

आजको समाचार

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ...

पेचिलो बन्दै एमसीसी: सत्तापक्ष विभाजित, विपक्षी निर्णय कुर्दै

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सत्तारूढ गठबन्धनमा आबद्ध दलदेखि विपक्षी दल र राजावादी शक्तिदेखि विप्लव समूहसम्मको विरोधका कारण थप पेचिलो र अनिर्णीत...

श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशाेरकाे सम्बन्धबाट जन्मिएकाे शिशु हत्या अभियाेगमा पक्राउ

  बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७...

जब बालिकालाई कोब्राले २ घन्टासम्म घाँटीमा बेर्यो …

  महाराष्ट्र । भारतमा एक बालिकालाई एउटा कोब्राले दुई घन्टासम्म घाँटीमा बेरेको विवरण सार्वजनिक भएको छ । महाराष्ट्रको वर्धा जिल्लाकी ६ वर्षीया बालिकालाई कोब्राले दुई...

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

साताका लोकप्रिय समाचार

माधव नेपालप्रति ओलीको व्यंग्य: पिलो निचोर्दैमा शरीरको तौल घट्दैन

  बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अघिल्लो सरकारको पालामा भएका विकास निर्माणलाई सिध्याउन खोजेको आरोप लगाएका छन् । सरकार आफूले...

एमसीसीबारे एमालेले धारणा बनाएको छैन : भट्टराई

  काठमाडौं । नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले आफ्नो पार्टीले मिनिलियम च्यालेन्स कर्पोरेशन (एमसिसी) बारे अहिले कुनै धारणा नबनाएको बताएका छन् । उनले सत्तासिन...

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो...

एमसिसीको विरोध आवश्यक छैन : डा. बाबुराम भट्टराई

  सिन्धुली । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) को विषयमा बहस आवश्यक नरहेको...

एमसीसीका विषयमा सरकार अनिर्णीत

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू अनिर्णीत बनेका छन् । प्रायःजसो दलपिच्छे धारणा दिँदै आएका गठबन्धन...

ट्रेन्डिङ

नेपालमा कसैलाई कोरोना भाइरस भेटिएको छैन : निर्देशक डा. झा

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. रुना झाले नेपालमा ‘कसैलाई पनि कोरोना भाइरस (कोभिड–१९)’ संक्रमण नभेटिएको स्पष्ट पारेकी छन् । अहिलेसम्म गरिएको परीक्षणक्रममा...

बैतडीमा किशोरी मृत फेला, हत्याको आङ्शका

बैतडी । बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)