यो वर्षको स्तनपान सप्ताह सकियो

काठमाडौं । ‘हामी सबैको साझा जिम्मेबारी स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने मुल नाराका साथ विश्व स्तनपान सप्ताहका अबसरमा देशभर विभिन्न कार्यक्रमहरु भएका छन् । दिवसका अवसरमा मातृ शिशुमैत्री अस्पताल कार्यक्रम लागु भएका अस्पतालहरुसंग छलफल गरिएकाे छ ।

यस्तै, स्तनपान ’boutमा बृहत वेभिनार भएको छ । समुदाय तथा बर्थिङ सेन्टरका प्रतिनिधिको सहभागितामा स्तनपानका सन्दर्भमा छलफल भएको छ ।

प्रत्येक पालिकाहरुमा सप्ताहको अवसरमा स्तनपान गराइरहेका आमाहरुलाई स्तनपानको महत्वका ’boutमा स्वास्थ्य शिक्षा समेत दिइएको थियो । स्वास्थ्यकर्मीहरु मार्फत् स्तनपान गराउने आमाहरु र परिवारका सदस्यहरुलाई स्तनपानको महत्व, कोभिड संक्रमित भएकी आमाले पनि सावधानी अपनाएर बच्चालाई स्तनपान गराउन सक्ने लगायतका विषयमा परामर्श गरिएको छ ।

सरोकारवालाहरुले स्तनपानको महत्वका ’boutमा सप्ताहमा मात्रै सिमीत हुन नहुने औंल्याएका छन् । परिवार कल्याण महाशाखा अन्तर्गत् पाेषण शाखा प्रमुख केदारराज पराजुलीले सप्ताहको अवसरमा मात्रै केन्द्रित नभइ अन्य समयमा पनि स्तनपानको महत्व’bout विभिन्न कार्यक्रहरु गर्दै आएको बताए । उनले अहिले पनि कोरोना संक्रमण भएका महिलाहरुले आमाको दुध खुवाउनु हुँदैन भन्ने धारणा भएपनि कोभिड संक्रमित भएकी आमाले पनि सावधानी अपनाएर बच्चालाई स्तनपान गराउन सक्ने बताए ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत् पाेषण शाखाले पोषण सम्बन्धी दिवसका लागि भन्दै स्थानिय तहमा बजेट उपलब्ध गराएको थियो । जस अन्तर्गत् गाउँपालिकामा ३० हजार, नगरपालिकामा ४० हजार, उपमहानगरपालिकामा ४५ हजार र महानगरपालिकामा ५० हजार रुपैंया बजेट उपलब्ध गराइएको हो ।
स्थानिय तहहरुमा स्तनपानको महत्व दर्शाउने व्यानर समेत टाँसिएको थियो । स्तनपान संरक्षण र सम्वद्र्धन गर्ने उद्धेश्यले गत साउन १७ देखि २३ सम्म स्तनपान सप्ताह मनाइएको हो ।

 

तपाइको प्रतिक्रिया
(Visited 15 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चितवन कोरोनाको उच्च जोखिममा

कुरी-कुरी