sharethis
Monday, October 18, 2021
Your Ads Here

कार्यकारी निकाय खाली नराख

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतत्वमा सरकार गठन भएको लामो समयसम्म मन्त्रिमण्डलले पूर्णता पाउन सकिरहेको छैन । यसले राज्यको कार्यकारी निकायमा ठूलो समस्या खडा गर्न थालेको छ । मन्त्रालयमा मन्त्रीहरू नहुँदा कर्मचारीलाई दैनिक कार्य सम्पादन पनि निकै गाह्रो भइरहेको छ । दर्जनाैँ मन्त्रालयका फाइल बोकेर सचिवलाई प्रधानमन्त्रीको कार्यालयमा धाउनुपर्दा पनि यसले सास्ती दिलाएको छ । सरकार भने मन्त्रिपरिषद्लाई पूर्णता दिने र कार्य सम्पादनमा गुणात्मकता प्रदान गर्नेभन्दा पनि पूर्ववर्ती सरकारले गरेका निर्णय उल्टाउन र खारेज गर्न लागि परिरहेको देखिन्छ । अहिले पनि १७ वटा मन्त्रालय खाली छन् । कतिपय मन्त्रालयका सचिव पनि कामविहीन अवस्थामा राखिएका छन् । राज्यको नीतिनिर्माण गर्ने र तिनलाई कार्यान्वयनमा ल्याउने उच्च तहमा रहेका अगुवा कर्मचारीको हालत यस्तो हुन थाले देशले गति लिने अपेक्षा कमै मात्र गर्न सकिएला । यस्तो तरिकाले सरकार, कर्मचारी तथा जनताकै तहमा निराशा र हीनताको वातावरण बन्नेतर्फ सत्तारूढ गठबन्धन र स्वयं प्रधानमन्त्री चनाखो र संवेदनशील बन्नुपर्छ । त्यसैले पनि छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार गरेर सरकारको गतिलाई तीव्रता दिन सक्नुपर्छ ।

सरकार निर्माणका लागि बनेको गठबन्धन भालुको कन्पट साबित हुने हो भने योपटक बनेको सरकारले पनि जनताका आशा र अपेक्षामाथि चिसो पानी खन्याउने सम्भावना देखिन्छ । आन्तरिक किचलो र खिचातानीमा निकै नै गिजोलिएको यसपूर्वको ओली सरकारभन्दा यसपटक बन्ने सरकार कम विवादित र कम तानातानमा पर्नेछ भन्ने अपेक्षा जनताको थियो । तर, बाहिर नपोखिए पनि यो गठबन्धनको सरकारमा सहभागी दलभित्रको खिचातानी भुसको आगोझैं सल्किरहेको भान सबैलाई हुन थालेको छ । यस्तो नकारात्मकताको बोध यदि व्यवहारतः यथार्थमा परिणत भयो भने यसले देशमा थप अन्योलता र निराशाबाहेक बढी केही पनि दिन सक्दैन । राज्यको कार्यकारी निकायमा मन्त्री र सचिव दुवै नहुँदा मन्त्रालयका महŒवपूर्ण काम अलपत्र पर्दै आइरहेका छन् । उच्च तहका कर्मचारीको व्यवस्थापन हुन नसक्दा सबै काम कुरा असरल्ल परेका छन् । कतै सचिव थुपारिएका छन् त कतै सचिव नै छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नौ जना सचिव थुपारिएका छन् । यस्तो केका लागि गरिएको स्वयं उनीहरू पनि अचम्ममा परेका छन् ।

नयाँ सरकार बन्दा आउनुपर्ने जोस, जाँगर र उत्साह हराउँदै गएको छ । कर्मचारीका काम गर्ने स्पिरिट मर्दै गएको छ । आफन्त र पराइको विभेद देखिन थालेको छ । सरकारले आफूनिकट र आफूपराइको व्यवहार गर्न थालेपछि सरकारी संयन्त्रले कसरी गति लिन सक्ने हो ? आशंका उब्जाएको छ । सरकारमा सहभागी दलका नेताहरू अनिर्णयको बन्दी बनिरहेका छन् । मन्त्री खान लाइन लाग्नेहरूको ताँती नागढुंगाको यातायात जाम जत्तिकै भएको स्वयं दलका शीर्ष नेताहरू लाज नै नमानेर सार्वजनिक गरिरहेका छन् । यसले पनि छिट्टै नै सरकारले पूर्णता पाउला र गति लेला भन्ने कुरामा आशंका पैदा गरिरहेको छ । योग्यता र इमानदारिताले स्थान पाउन छाडिसकेको छ । हरेक पार्टीमा घुर्की, धम्की र बार्गेनिङको संस्कार विकास भएर गएको छ । सरकारमा सहभागी पार्टीहरूका आन्तरिक समस्या जे होलान्, गठबन्धनभित्रको समस्या जे होला पनि तर राज्यको कार्यकारी निकाय खाली राखेर जग हँसाउने काम नगर ।

 

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै
निपुत्र सार्वजनिक
बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने
तपाईले प्रयोग गरेको मास्क कति सुरक्षित छ ? जान्नुहोस् कसरी लगाउने
भिडियो बनाउन नसकेर गीत थन्क्याएको रामकृष्णको गुनासो
नेपाल-भारत सिमानामा साढे ५२ किलोमिटरमा सात बीओपी

आजको समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
मिडियाकाे दवावपछि कांग्रेस मलाई मन्त्री बनाउन वाध्य भयाे : डोबाटे विश्वकर्मा

साताका लोकप्रिय समाचार

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
गाेहल चाैधरी : दसैंप्रति उत्साह छैन
चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद
धनगढीबाट बाजुरा जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, चार जना घाइते

भर्खरै

मुगुमा यात्रुबाहक बस दुर्घटना : २२ जनाको मृत्यु, १८ जना घाइते
Dhruba Lamsal || 12 October 2021
मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । १८ जना घाइते भएका...

कुरी-कुरी