दैलेख । दैलेख पश्चिम भैरवी गाउँपालिका–५ गौरीसल्लाकी चार महिनाकी सुत्केरीलाई अगुल्टो झोस्दा घाइते भएकी छन् । श्रीमान दिपक नेपालीले २६ बर्षिया पत्नी हस्तना नेपालीलाई तातोपानी र अगुल्टो झोसेर घाइते बनाएका हुन् ।
गएको विहीवार राती ९ बजेतिर मदिरा सेवन गरी आएका दिपकले आफूलाई देउता चढेको भन्दै चार महिना सुत्केरी हस्तनामाथि तातोपानी र अगुल्टो झोसेर घाइते बनाएका थिए । घाइते सुत्केरीको जिल्ला सदरमुकामस्थित दैलेख अस्पतालमा उपचार भइरहेको छ ।
श्रीमान दिपकले तातो पानी खन्याउनुका साथै ढाडको दाहिने भाग र अनुहारको देब्रे भागमा अगुल्टोले प्रहार गरेको हस्तनाको भनाइ छ । मलाई अगुल्टोले हान्दै गरेको बेला भागेर आँगनमा पुगी छिमेकीहरुसँग गुहार मागें, छिमेकीहरुले उद्दार गरेर राती नै डाँडीमाथिकै स्थानीय मेडिकलमा सामान्य उपचार भयो’ हस्तनाले पिडा सुनाइन ।
ग्त विहीवार राती घटेको घटना’bout शुक्रबारमात्रै प्रहरीमा खबर पुगेपछि प्रहरी चौकी डाँडीमाडीले पीडित हस्तनालाई दैलेख अस्पताल पु¥याएको थियो । हस्तनाको शरीरको १३ प्रतिशत भाग जलेको दैलेख अस्पतालमा डा. जगत थापाले बताए । ‘हस्तनाको स्वास्थ्य सुधारोन्मुख र खतरामुक्त छ, उपचार यहीँ सम्भव छ’, डा. थापाले भने ।
पत्नीलाई तातोपानी र अगुल्टो झोस्ने दिपकलाई प्रहरीले पक्राउ गरिसकेको छ । दिपकलाई पक्राउ गरेर हिरासतमा राखेर कानुनी पक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए । हिंसा हुनुको मुख्य कारण मदिरा सेवन भएको उनको भनाइ थियो ।
दिपकविरुद्ध माइती पक्ष हस्तनाकी आमा पाना दमाइले कारबाहीको माग गर्दै दिपकविरुद्ध जाहेरी दिएकी छिन ्। पाँच वर्षअघि दिपकसँग विवाह गरेकी हस्तना दुई सन्तानकी आमा हुन् ।
हस्तनाको तीन वर्षिया र चार महिनाको छोरी छन् । हस्तनाका बुबा कपुरे दमाइले छोरीलाई यातना दिने दिपकलाई कडा कारबाही गर्न माग गरेका छन् । ‘मेरी छोरी ४ महिने सुत्केरी जलाउन खोज्ने ज्वाइँलाई कानुनअनुसार कारवाही हुनुपर्छ’, उनले भने ।