पूर्वडीएसपी तामाङ भ्रष्टाचारी ठहर

काठमाडौं । सर्वोच्च अदालतले ‘स्टिङ अपरेसन’मा रंगेहात समातिएका पूर्वडीएसपीलाई कसूरदार ठहर गरेको छ । गत १९ साउनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले पूर्वडीएसपी रमेशकुमार तामाङलाई सजाय गर्ने विशेष अदालतको निर्णय सदर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गासम्बन्धी उजुरी विषयमा तामाङलाई ५० हजार घुससहित रंगेहात पक्राउ गरेको थियो । सोही प्रमाणको आधारमा अख्तियारले विशेष अदालतमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका तत्कालीन अध्यक्ष मोहनरमण भट्टराई र सदस्य महेशप्रसाद पुडासैनीको इजलासले २६ मंसिर २०७३ मा सो घटनामा तामाङले घुस नभई दान दातव्य वा सहयोग लिएको ठहर गरेको थियो । विशेष अदालतले तामाङलाई घुस लिएबापत तीन महिना कैद फैसला गरेको थियो ।

फैसला स्वीकार गरेर डीएसपी तामाङ त्यसविरुद्ध पुनरावेदनका लागि सर्वोच्च अदालत गएनन् । तर, अख्तियारले दान, दातव्य वा उपहार लिएको नभई तामाङले घुस नै लिएको दाबीसहित सर्वोच्चमा पुनरावेदन निवेदन दिएको थियो । २३ फागुन २०७३ मा दर्ता पुनरावेदनको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले विशेष अदालतकै फैसला सदर गरेको हो ।

भक्तपुर सिरुटारका रामकृष्ण हुमागाईंले २८ असार २०७१ मा कुमारी बैंकबाट मीनभवन क्याम्पसअगाडिको जग्गा लिलाम बढाबढमा किनेका थिए । सोही जग्गामा रहेको घरमा बस्ने गणेशलाल अवालेले रिसको झोंकमा हुमागाईंलाई गालीगलौज गरे । गालीगलौज मात्रै नभई उनको फोटोसहितको पम्प्लेट जग्गा’round टाँसे ।

त्यसपछि हुमागाईंले गणेशलाल अवालेलगायतलाई कारबाहीका लागि माग गर्दै महानगरी प्रहरी वृत्त, बानेश्वरमा उजुरी दिए । प्रहरीले घटनास्थलमा गई मुचुल्का उठाए पनि मुद्दा चलाएन । कारबाही प्रक्रिया अगाडि नबढेपछि हुमागाईंले प्रहरीसँग सोधपुछ गरे ।

बरु, कारबाही प्रक्रिया अगाडि बढाउन डीएसपी तामाङले हुमागाईंसँग ५० हजार दिएमात्रै मिल्ने बताए । हुमागाईंले घुस मागेको विषयमा अख्तियारमा उजुरी दिएका थिए । जग्गाधनी हुमागाईंको उजुरीका आधारमा अख्तियारले ‘स्टिङ अप्रेसन’ चलाएर तामाङविरुद्ध मुद्दा चलाएको हो

तपाइको प्रतिक्रिया
(Visited 343 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

श्रेणीविहीन कर्मचारीहरुको जागिरको ग्यारेन्टी गर्नुपर्ने प्रभु साहको माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौंमा बालेन शाहको अग्रता कायमै