युटोपियन समाजको कल्पना, कति व्यावहारिक

युटोपियन समाजको अर्थ विभेद शून्य समाज हो, जहाँ जातीय, वर्गीय, क्षेत्रीय, लैंगिकलगायतका विभेद रहँदैनन् । कम्युनिस्टहरूको सिद्घान्तमा साम्यवाद भनेको यही होला । कम्युनिस्टहरूले विश्वलाई नै एउटा घर मान्छन् । वाउन्ड्रिलेस समाजको कल्पना गर्छन् । उनीहरूको सिद्घान्तमा धर्म, संस्कृति र संस्कार पाइँदैन । नेपालका कम्युनिस्टहरूले हाम्रो पूर्वीय वैदिक दर्शन एवं चिन्तनलाई मिथ्या भन्ने गर्छन् । यसैगरी, डेमोक्र्याट्सले भन्ने गरेको समाजवादभित्र युटोपियन समाजको कल्पना पर्छ होला । मानव विकासको इतिहासदेखि अहिलेसम्म आइपुग्दा विश्वजगतमा व्यावहारिक रूपमा कतै पनि युटोपियन समाज भएको पाइँदैन, भेटिँदैन ।

ढुंगे युगदेखि अहिलेको कम्युटरको युगसम्मको इतिहासमा युटोपियन समाज सिद्धान्तमा मात्र भेटिन्छ । व्यवहारमा देखिँदैन । भन्दा र सुन्दा कर्ण प्रिय लाग्ने विभेदरहित समाजको कल्पना आजको समाजमा व्यावहारिक रूपमा सम्भव छ त ?

विश्व इतिहासमा घटेका ठूलाठूला क्रान्ति युटोपियन समाज निर्माणका लागि भएका थिएनन् । बरु एउटा देशले अर्को देशलाई, एक व्यक्ति वा समाजले अर्को व्यक्ति वा समाजमाथि थिचोमिचो गरेको, एक पक्षले अर्को पक्षलाई कमजोर बनाउने, आप्mनो शक्ति प्रदर्शन गर्ने र आपूm सर्वोच्च बन्न प्रतिस्पर्धा भएको देखिन्छ । इतिहासमा भएका प्रथम र द्वितीय विश्वयुद्धहरू पनि एकले अर्कोमाथि गरेको थिचोमिचोको दृष्टान्त हो । बदलाको भावनाको उपज हो । हो, सत्य र असत्यको बीचमा भने युद्घ भएको छ ।

न्याय र अन्यायको बीचमा पनि लडाइँ भएको छ । चाहे महाभारतको युद्ध होस् । वा रामले रावणमाथि गरेको युद्ध । यी लडाइँ अन्याय र अत्याचारविरुद्ध भएका युद्ध थिए । यसरी इतिहासको गर्भलाई नियाल्दा समाजमा शक्ति, अधिकार र न्यायका लागि संघर्ष भएका छन् । अहिले पनि शक्तिको संघर्ष जारी छ ।

यो धर्तीमा रहेका मानिसका दृष्टिकोण फरकफरक छन् । योग्यता, क्षमता, विवेकशीलता एवं जीवन जीउने कला फरक फरक छन् । युटोपियन समाज निर्माण गर्ने लहडमा माओका चेलाहरूले २०५२ सालदेखि जनयुद्ध गरे । उनीहरूले समाजमा भएका विभद हटाउने र युटोपियन समाज निर्माण गर्ने सपना बाँडेर गरिबी र अशिक्षाको राप र तापमा सेकिएको नेपाली समाजलाई युद्धमा होमे ।

धनी वर्गलाई सामन्ती वा शोषकको बिल्ला भिराइ जमिनमा पार्टीको झन्डा गाड्ने काम गरे । धनी वर्गको सम्पत्ति खोसेर सबैलाई बाँड्ने भाषणबाजी गरे । सम्भव भयो त ? भएन । ती युटोपियन समाजको सपना बाँड्नेहरू सत्तामा पुगेपछि भौतिक सम्पत्ति आर्जनका लागि के गरे भन्ने कुरा छर्लंग छ ।

नागरिकलाई आर्थिक अवसर प्रदान गर्न नसक्ने राजनीतिक दलदेखि नागरिकहरू आक्रोशित छन्

युटोपियन स्वर्गीय समाज निमार्णको गफ चुट्ने कम्युनिस्टहरू पद र पैसाका लागि कतिसम्म ओर्लने र उक्लने गर्छन् भन्ने कुरा आजभोलि नै अभ्यास भइरहेको छ । यदि एमाले पनि कम्युनिस्ट हो भने अहिले उनीहरूले गरिरहेको राजनीतिक रंगमञ्च युटोपियन समाज निर्माणका लागि हो कि खान पाउने र नपाउनेबीचको लफडा हो ? राजनीतिक सुझबुझ हुनेले बुझेका छन् ।

आपूm नै मिल्न नसक्नेहरूले विश्वलाई एउटा घर सम्झने कति व्यावहारिक होला ? गरिब जनता छक्काउने नाटक एवं नौटंकीका रूपमा प्रयोग हुने राजनीतिक भाषणमा मात्र उच्चारण हुने शब्दजाल हो युटोपियन समाज । विपन्न वर्गलाई आकर्षक गर्ने रणनीति हो युटोपियन समाज । व्यवहारमा सम्भव छैन, हुँदैन ।

संसारमा केही मुलुक कुम्यनिस्ट विचार धाराबाट चलेका छन् । त्यहाँ पनि वर्गरहित समाज निर्माण भएको पाइँदैन । दार्शनिक भाषामा सम्भव देखिए तापनि व्यावहारिक जीवनमा सबै मानिस बराबर हुन सक्दैनन् । समाज उस्तै हुन सक्दैन । चाल्र्स डार्बिनले प्रतिपादन गरेको सर्भाइभल फोर द फिटेस्टको सिद्धान्तमा प्रकृतिमा योग्य प्राणी मात्र बाँच्छन् र अयोग्यहरू टिक्न सक्दैनन् भन्ने प्रमाणित गरेका छन् ।

उनको सिद्घान्त मानव समाजमा पनि लागू हुन्छ । एउटै परिवारका सदस्यकोे क्षमता, योग्यता, कार्यशैली, महŒवकांक्षा, उद्देश्य एवं गन्तव्य फरक फरक हुन्छन् । शैक्षिक, सामाजिक, आर्थिक राजनीतिक हैसियत समान हुँदैन भने कसरी युटोपियन समाज निर्माण हुन सक्छ ?

समाजमा धनी र गरिबको बीचमा ठूलो खाडल छ । हुने खाने र हुँदा खानेको बीचको दूरी फराकिलो छ । समाजका पिछडा वर्गको सामाजिक एवं आर्थिक हैसियत उठाउन राजनीतिक दलहरूले सिद्धान्तका गफ चुटेर हुँदैन । समाजको वर्गीय विभेद घटाउन लक्षित वर्गलाई शिक्षा, सीप र रोजगारीको अवसर प्रदान गर्नुपर्छ । समाजको निम्न वर्गको शिक्षामा पहुँच छैन । आयआर्जनका अवसरबाट वञ्चित छ । नेपालको संविधानमा जनजाति, दलित, सीमान्तकृत, महिला आदिवासीका नाममा आरक्षणको व्यवस्था गरिएको छ । यो आरक्षणको सुविधा पनि सम्बन्धित समुदायका हुनेखाने, टाठाबाठाले नै उपयोग गरिरहेका छन् । राज्यको यस प्रकारको नीतिले सामाजिक आर्थिकलगायत विभेद न्यूनीकरण हुन सक्दैन । त्यसैले असमानतालाई न्यूनीकरण गर्न जाति विशेषको आरक्षण हटाएर गरिबका लागि आरक्षणको व्यवस्था गरिनुपर्छ ।

अहिले बीपीका अनुगामी शेरबहादुर देउवा कम्युनिस्टहरूलाई साथमा लिएर सरकारको नेतृत्वमा छन्

ग्रिसका विश्व प्रख्यात दार्शनिक प्लेटोले सामूहिक रूपमा भलो गर्ने भावना नै न्याय हो भनेका छन् । समाजको ठूलो जनसंख्या राज्यको विभेदमा परेमा कार्ल माक्र्सका अनुसार सामाजिक द्वन्द्वको सिर्जना हुन्छ भन्ने छ । समाजमा जातीय, क्षेत्रीय, वर्गीयलगायतका विभेद व्याप्त छन् । यी विभेदको अन्त्यका लागि शैक्षिक र आर्थिक विकास अनिवार्य हुन्छ । अशिक्षा, गरिबी र अभावमा निसास्सिएको नेपाली समाजलाई धनी वर्गको सम्पत्ति बाँडेर गरिब वर्गलाई वितरण गर्नेजस्ता अत्यन्त काल्पनिक कुरा गरेर राजनीतिक मजाक गर्नु हुँदैन । धनीको सम्पत्ति कब्जा गर्ने, उद्योगधन्दा बन्द गर्ने, बैंकहरू लुट्ने, नैतिक शिक्षाका किताब च्यात्ने, बुर्जवा शिक्षाको विरोध गर्ने र विद्यार्थीलाई बन्दुक थमाउने काम गरेको राजनीतिक दल सत्तामा छ । यो दलको नेतृत्वले सामूहिक न्याय गर्ने हो भने जनतालाई गास, वास, कपास, शिक्षा, स्वास्थ्य र राजगारीको व्यवस्था गरोस् ।

हरेक दल सरकारमा आएपछि भ्रष्टचार र यश आरामको जिन्दगी बिताउने गरेका छन् । भ्रष्टचार, अनियमिता, नातावाद, परिवारवाद र क्लेप्टोमेनिया रोगबाट ग्रस्त यिनीहरूले अकुत सम्पत्ति कमाएका छन् । विदेशी बैंकमा पैसा थुपारेका छन् । आफन्तजनलाई पोसेका छन् । देशलाई लथालिंग बनाएका छन् । यसरी हेर्दा यिनीहरू नै विसंगति र विकृतिका स्रोत हुन् । जनतालाई ढाट्ने ढटुवा हुन् । अझै समाजको नजरमा डोको भित्रलुक्ने प्रयास गर्दै छन् । जबसम्म यिनीहरूमा लोकलज्जा बोध हुँदैन, तबसम्म विधिको शासन र विकास सम्भव छैन । युटोपियन समाज त टाढाको कुरा ।

मानिसले आफ्नो क्षमता वा मिहेनतको आधारमा हैसियत बनाउँछ, प्रतिष्ठा कमाउँछ । शैक्षिक एवं आर्थिक प्रगति गर्छ । तर उसलाई अवसरको आवश्यकता हुन्छ । नागरिकलाई आर्थिक अवसर प्रदान गर्न नसक्ने राजनीतिक दलदेखि नागरिकहरू आक्रोशित छन् । नागरिकले भोग्नुपरेको गरिबी, अभाव, पछौटेपन, अशिक्षा, बेरोजगारीजस्ता समस्यालाई बेवास्ता गरी मन लोभ्याउने शब्दजालका भरमा राजनीति गरेका दलका नेता गणहरू अकुत सम्पत्तिका मालिक छन् । यिनै दलभित्र पनि खान पाउने र नपाउनेका बीचमा संघर्ष छ, द्वन्द्व छ, खिचातानी छ ।

अन्त्यमा, अहिलेको आवश्यकता सामाजिक रूपान्तरण हो । आर्थिक विकास हो । शिक्षामा सबैको पहँुच हो । विगतमा समाजका समस्या समाधान गर्नुपर्ने बेलामा ओली सरकार कासी जाने कुतिको बाटो हिँडेपछि सरकार ढल्यो । अहिले बीपीका अनुगामी शेरबहादुर देउवा कम्युनिस्टलाई साथमा लिएर सरकारको नेतृत्वमा छन् । अबको सरकारले के गर्ला ? हेर्न बाँकी नै छ । यो सरकार सत्ता प्राप्तिका लागि साम, दाम, दण्ड भेद अपनाएर बनेको होइन । अघिल्लो सरकारको दुष्कर्मले निम्त्याएको परिणामस्वरूप यो सरकार बनेको हो । त्यसैले यसले महँगी नियन्त्रण गरोस् । पेट्रोलियम पदार्थको मूल्य घटाओस् । कोरोना नियन्त्रण गरोस् । योग्यहरूलाई अवसर दिओस् । भ्रष्टलाई जेल हालोस् । मुलुकका तमाम समस्या समाधान गरोस् । जनभावनाको कदर गरोस् । असफल इतिहास नदोहोरियोस् ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी