‘मेयर साब सच्चिनुस् प्लिज’

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

इटहरी । बिहीबार इटहरीका मेयर द्धारिकलाल चौधरीले सामाजिक सञ्जालमा एक स्टाटस लेखे ‘इटहरी १६ सिप्रदी छेउ रोहित प्रसाईँले पैनी मिचेर प्लटिङ गरेको जग्गा नगरपालिकाले नाप जाँच गर्ने, सबैलाई जानकारी ।’ मेयर चौधरीले स्टाटस लेखेपछि सामाजिक सञ्जालमा चर्चा भयो । प्रसाईँ उनै व्यक्ति हुन्, जो गत स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट मेयरका प्रत्यासी थिए । यही विषयमा कांग्रेस इटहरीले पत्रकार सम्मेलन गरी आफूहरुको ध्यानाकर्षण भएको जनाएको छ ।

मेयरका प्रत्यासी समेत रहेका कांग्रेस नेता रोहित प्रसाईले पत्रकार सम्मेलनमा भने, ‘मेयर साबले जथाभावी गरेका गतिविधिको विरुद्धमा हामीले जब तालाबन्दी ग-र्यौ, जब हामीले माइक पक्रेर बोल्न थाल्यौँ, उहाँले त्यसपछि मैले बनाएको भवनको डर देखाएर पछि हट्छ कांग्रेस भन्ने बुझ्नुभएको छ, भवन इजाजत र सम्पन्न दिइसकेको अवस्थामा उहाँ सामाजिक सञ्जालमा स्टाटस लेखेर रमाउन थाल्नुभएको छ ।’

नगरपालिकाले भवन निर्माणको इजाजत दिएको चारवर्ष वितिसक्दा अहिले आएर भ्रमपूर्ण सूचना सार्वजनिक गर्नु भनेको दिवासप्ना मात्रै रहेको उनले बताए । मेयरले जे बोलेको छ, त्यो सपोर्ट गर्दै गएमात्रै आफ्नो जस्तो हुने, नभए व्यक्तिगत पूर्वाग्रहका आधारमा मनपरी गर्न नपाइने उनको भनाइ छ । उनले एमालेको इटहरी पार्टी कार्यालय र पार्टीका अन्य नेताहरुकै भवन सार्वजनिक जग्गामा रहेको भएपनि त्यतातर्फ चासो नदेखाएको उल्लेख गर्दै भने, ‘कांग्रेसबाट र म बाट सार्वजनिक जग्गा मिचिएको रहेछ भने नियमसंगत रुपमा आएर डोजर चलाइयोस् ।’

नीतिगत निर्णय गरेर इटहरी क्षेत्रभित्र रहेका सार्वजनिक जग्गा संरक्षण गर्नका लागि कांग्रेसले सहयोग गर्ने उनको तर्क छ । ‘तपाईँ नीतिगत निर्णय गरेर मेरो घर भत्काउनुहोस्, त्यो मान्य हुन्छ, होइन भने लहडको भरमा बल प्रयोग गर्न बन्द गर्नुहोस्,’ उनले भने, ‘अब सुध्रिनुहोस् प्लिज, नीतिगत निर्णय गरेर नगरबासीको मन जित्नुहोस् ।’

नगर सभापति हेमकर्ण पौडेलले सार्वजनिक अभिव्यक्तिमा मन नमिल्ने पार्टीका व्यक्तिहरुलाई बद्नाम गराउने प्रयास मान्य नभएको बताए । ‘वार्ता समाधान गर्ने भन्दा पनि समस्यालाई चर्काउने, नागरिकलाई उत्तेजित बनाउनेतर्फ उहाँ लागिरहनुभएको छ,’ उनले भने, ‘हामीले उठाएका मुल मुद्दालाई कांग्रेस भूमाफियाको पक्षमा छ भन्ने किसिमले उहाँ लागिरहनुभएको छ, यसमा हाम्रो आपत्ति छ ।’ कांग्रेसका व्यक्तिहरुबाट एक इन्च मात्रै सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको भए कानूनी दायरामा आउन तयार रहेको उदृत गर्दै उनले भने, ‘आफूलाई जहाँ मन लाग्छ, त्यहाँ राज्यको सम्पत्तिको दुरुपयोग गर्दै गलत सूचना प्रवाह गर्दै भत्काउने अधिकार छैन ।’ इटहरीभित्र बोलेका सबै कुरा कार्यान्वयन गर्न समेत आवश्यक रहेको उनले बताए । ऐन कानून बनाएर भत्काउनका लागि उनले सुझाव दिए । ‘अदालत पनि आफैँ, प्रहरी पनि आफैँ र राज्यको न्यायधीश पनि आफैँ भन्ने उहाँमा जुन भ्रम छ, त्यसको हामी शशक्त प्रतिकार गर्छौँ,’ नेता पौडेलले भने, ‘सबै कुरामा छानबिन गरेर सबै मानिसलाई कानूनी कारबाहीमा ल्याउन हाम्रो चुनौती छ ।’

यता, मेयर द्धारिकलाल चौधरीले भने आफूले कार्यकाल सकिने समयसम्ममा सार्वजनिक जग्गा हडपेका सबै संरचना भत्काउने दाबी गरेका छन् । सञ्चारकर्मीसँग प्रतिक्रिया दिदैँ मेयर चौधरीले भने, ‘मेरो कार्यकालसम्ममा पहिलादेखि नै मिचेर बनेका सबै संरचना भत्किनेछन्, मेरो कुरा चित्त बुझेन भने अदालतमा जान सक्नुहुन्छ, त्यहाँको फैसला तपाईँको पक्षमा आयो भने म पनि त्यहाँसम्म पुग्छु ।’ उनले अब आफू कानूनी लडाईँमा लड्ने बताउँदै ‘एक्सन’ मा उत्रिएको बताए ।

बुधबार इटहरी ४ का यामप्रसाद ढकाललाई कार्यकक्षमै बोलाएर ऐलानी जग्गामा भवन बनाएको भन्दै मेयर चौधरीले दुई घण्टासम्म थुनेका थिए । त्यसपछि कांग्रेसले आन्दोलनको घोषणा गर्दै मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेको थियो । बिहीबार बिहान उपमहानगर परिसरमा कांग्रेसले मेयरलाई प्रवेश निषेध समेत गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 203 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
रेनु दाहाललाई ११ हजार बढीको अग्रता