सेयर बजारले ऐतिहासिक बिन्दु पार गरेको साता

काठमाडौं । यस साता सेयर बजारले हालसम्मका सबै रेकर्ड ब्रेक गर्दै नयाँ उचाइ कायम गरेको छ । सेयर बजार मापक नेप्से सूचक हालसम्मकै उच्च ३ हजार १ सय ७९ को बिन्दुमा आइपुगेको हो । यस साता समग्र बजारमा रौनकता देखिएको छ ।

नेप्से सूचकसँगै कारोबार रकममा समेत वृद्धि आएको यो साता २ सय ३७ कम्पनीको ७९ अर्ब २६ करोड ८ लाख ११ हजार २९ रुपैयाँ बराबरका १४ करोड ९८ लाख ३२ हजार २१२ कित्ता सेयर कारोबार भएका छन् । गत साता २ सय ३४ कम्पनीको ६४ अर्ब ५२ करोड ८७ लाख २१ हजार १ सय १३ रुपैयाँ बराबरका १३ करोड १० लाख २४ हजार ८७१ कित्ता सेयर कारोबार भएका थिए । त्यस्तै, बजार पुँजीकरण ४४ खर्ब ३७ अर्ब २७ करोड ५ लाख ३० हजार पुगेको छ ।

साताको पाँच दिन कारोबार भएको सेयर बजार लगातार बढेर बन्द भएको छ । साताको पहिलो दिन आइतबार ३ हजार १ सय ७ दशमलव ४५ को बिन्दुबाट सुरु भएको नेप्से सूचक शून्य दशमलव ६६ अंकले बढेर ३ हजार १ सय ८ दशमलव १३ कोे बिन्दुमा आइपुगेको थियो । सोमबार भने एक दशमलव ५४ अंकले बढेको बजारमा मंगलबार साताकै सर्वाधिक ५१ दशमलव ८६ अंकले वृद्धि भएको हो ।

नेप्सेमा ७१ अंकको वृद्धि, ७९ अर्बको सेयर कारोबार

साताको चौथो दिन बुधबार फेरि बजारमा शून्य दशमलव ९४ अंकको वृद्धि कायम भएको थियो । साताको अन्तिम दिन बिहीबार पनि बजारमा १६ दशमलव ४१ अंकले बढेर ३ हजार १ सय ७९ को विन्दुमा आइपुगेको छ । साताभर उतारचढाव आएको बजारमा नेप्से सूचक गत साताको अन्तिम दिनको तुलनामा ७१ दशमलव ५५ अंकले बढेको छ ।

यस साता नेप्सेमा चारवटा कम्पनीको सेयर सूचीकृत भएको छ । जसमा बैंक अफ काठमाडांैको १६ लाख कित्ता ऋणपत्र, नेपाल बैंकको ३५ लाख कित्ता ऋणपत्र, कृषि विकास बैंकको ६० लाख कित्ता एग्रिकल्चर बोन्ड र सबैको लद्युवित्तको १ लाख ९५ हजार ७ सय ७२ दशमलव ५० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएका छन् ।
त्यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक गत साताको अन्तिम दिनको तुलनामा १२ दशमलव १७ अंकले बढेरको ५९१ दशमलव १७ को बिन्दुमा आइपुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 2 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी