वरीयतामा नेपालको तीन स्थान सुधार

काठमाडौं । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)को वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । यसअघि १ सय ७१औं स्थानमा रहेको नेपाल विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको वरीयतामा १ सय ६८औं स्थानमा उक्लन सफल भएको हो ।

फिफाले २७ मेपछि बिहीबार नयाँ वरीयता सार्वजनिक गरेको हो । जेठमा नेपालले विश्व कप तथा एसियन कप छनोटका बाँकी ३ खेल र त्यसअघि इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । इराकसँग उसकै मैदानमा नेपाली टोली ६–२ ले पराजित भएको थियो । विश्व कप छनोटमा चाइनिज ताइपेलाई २–० ले हराएको नेपाल त्यसपछिका दुई खेलमा जोर्डन र अस्ट्रेलियासँग समान ३–० ले पराजित भएको थियो ।

नेपालले कुल ९ सय ७२ अंक बटुलेको छ । दक्षिण एसियामा वरीयता सुधार गर्ने नेपाल एक्लो टोली रहे पनि यो क्षेत्रमा नेपाल तेस्रो स्थानमा यथावत् छ । १०५औं स्थानमा यथावत् रहेको भारत दक्षिण एसियातर्फ शीर्ष स्थानमै छ । त्यस्तै दक्षिण एसियामा दोस्रो स्थानमा रहेको साफ च्याम्पियन माल्दिभ्स तीन स्थान तल झर्दै १५८औं स्थानमा पुगेको छ ।

भुटान १८७औं स्थानमा यथावत् रहँदा बंगलादेश चार स्थान तल झर्दै १८८औं स्थानमा पुग्दा भुटानभन्दा पछि परेको छ । प्रतिबन्धित पाकिस्तानले १ स्थान सुधार गर्दा १९८औं स्थानमा रहँदा श्रीलंका एक स्थान तल झर्दै २०५औं स्थानमा पुगेको छ । विशव वरीयतामा २४औं स्थानमा यथावत् रहेको जापान एसियामा शीर्षस्थानमा यथावत् रहेको छ ।

एसियातर्फ इरान दोस्रो तथा अस्ट्रेलिया तेस्रो स्थानमा छ । बेल्जियम फिफा वरीयताको शीर्षस्थानमा यथावत् छ । ब्राजिल दोस्रो स्थानमा उक्लँदा विश्व विजेता फ्रान्स तेस्रो स्थानमा झरेको छ । युरो उपविजेता इंग्ल्यान्ड चौथो स्थानमा यथावत् रहँदा युरो विजेता इटालीले दुई स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ । कोपा विजेता अर्जेन्टिनाले दुई स्थान सुधार गर्दै छैटांै स्थानमा उक्लिएको छ । स्पेन एक स्थान तल झर्दै सातौंमा पुगेको छ । पोर्चुगल तीन स्थान तल झर्दै आठौं स्थानमा पुगेको छ ।

मेक्सिको दुई स्थान सुधार गर्दै नवौं स्थानमा उक्लँदा अमेरिका २० स्थान सुधार गर्दै शीर्ष १० मा अटाएको छ । अघिल्लो वरीयतामा नवौं स्थानमा रहेको उरुग्वे १३औं स्थानमा पुग्दा १०औं स्थानमा रहेको डेनमार्क ११औं स्थान पुगेको छ । नेदरल्यान्ड्स १२औं स्थानमा रहँदा स्विट्जरल्यान्ड, कोलम्बिया, जर्मनी, स्विडेन, त्रोएसिया, वेल्स र चिली शीर्ष २० मा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 327 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरी वडा नं २० मा कांग्रेसको प्यानलै विजयी