Friday, September 24, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ४कोरानाको हल्लाले दोश्रो जनजाति साँस्कृतिक महोत्सव प्रभावित नहुने

कोरानाको हल्लाले दोश्रो जनजाति साँस्कृतिक महोत्सव प्रभावित नहुने

,
sharethis

लमजुङ । लमजुङको जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरिएको दोश्रो आदिवासी जनजाति साँस्कृतिक एवं पर्यटन महोत्सव कोरोनाको हल्लाबीच पनि प्रभावित नहुने भएको छ । दश दिने उक्त महोत्सवको शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकको भनाई छ ।

महोत्सवको आवश्यक सबै तयारी पुरा भएको र सो अवसरमा गीत संगीतसँगै कोराना भाइरसका विरुद्ध सचेतना दिने कार्यक्रम समेत तय गर्दै महोत्सव स्थागित नगरिने भएको महोत्सव मूल आयोजक समितिले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

नेपालमा कोराना भाइरसको हल्ला भएपनि पूर्वनिर्धारित आदिवासी जनजाति साँस्कृतिक एवं पर्यटन महोत्सव स्थगन नगर्ने निर्णय भएको दोश्रो आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सव मूल समारोह समितिका संयोजक हरिजंग तामाङले बताए । उनका अनुसार सबै तयारी पुरा भएको महोत्सवमा गीत संगीतसँगै कोराना भाइरस बारे सचेतना दिने कार्यक्रम तय गरिएको छ । उनले भने, ‘पूर्वनिर्धारित तालिका अनुसार नै आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सव फागुन २३ गतेदेखि चैत २ गतेसम्म बेसीसहरको दनाइँफाँटमा सञ्चालन हुने छ ।’ उक्त महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका संयोजक तामाङले पत्रकारहरूलाई बताए ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले गरेको अनुरोधलाई ध्यानमा राख्दै महोत्सव अवधिभर स्वास्थ्य सचेतनाको कार्यक्रम गरी महोत्सवलाई सचेतना मञ्चको रुपमा समेत गरिने महोत्सवको प्रचारप्रसार उपसमितिका संयोजक एवम् पत्रकार महासंघका जिल्ला उपाध्यक्ष कृष्ण आलेले बताए । उनका अनुसार महोत्सवको नार ‘मौलिक संस्कृति, भाषा र सम्यता हाम्रो पहिचान–एकता, समान अधिकार र आर्थिक समृद्धिको लागि पर्यटन’ भन्ने रहेको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङले आयोजना गरेको महोत्सवको तयारी पुरा भएको उनले बताए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

कोराना भाइरसको हल्लीखल्ली चलेपनि १० दिनसम्म नै महोत्सव सञ्चालनका पूर्वनिर्धारित कार्यक्रम हुने छन् थप कोरोना सचेतना समेत गरिने आयोजकको भनाई छ । महोत्सवलाई सफल बनाउन गठित ४० वटा उपसमितिले गर्नुपर्ने सबै काम गरेको प्रचार प्रसार उपसमितिका संयोजक आलेले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा १ सय ७५ वटा स्टल निर्माण गरिएको छ । महोत्सवस्थलमा आदिवासी जनजातिका संग्रहालय, नमुना घर, स्टल निर्माणका कार्य पुरा भइसकेको छ । महोत्सवले आदिवासी जनजातिको मौलिक कला संस्कृतिको विकास, ग्रामीण पर्यटनद्धारा आर्थिक समृद्धिमा टेवा, आदिवासीको सीप ज्ञानको अनुसन्धान साथै यसको विकासमा टेवा पुग्ने अपेक्षा लिइएको उनले बताए । जातीय खाना र परिकार साथै पोषाकले मौलिक संस्कृतिको जगेर्ना गर्ने अपेक्षा गरिएको छ ।

महोत्सवको आकर्षणमा आदिवासी जनजाति समुदायको दैनिक रुपमा फरक–फरक सांस्कृतिक प्रस्तृति, शैक्षिक, विज्ञान तथा कृषि प्रदर्शनी, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारको साथमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम राखिएको छ । यसैगरी, बालमेला सूचना प्रविधि सम्बन्धी जानकारी तथा मेलाका विशेषता हुने छन् ।

महोत्सवका २ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव स्थल प्रवेशको लागि सर्वसाधरणलाई ५० रुपैयाँ साथै जेष्ठ नागरिक र विद्यार्थीलाई ३० रुपैयाँको टिकट राखिएको छ ।

महोत्सवको उदघाटनका अवसरमा भोलि बिहान ११ बजे मनाङे चौताराबाट जातीय साँस्कृतिक झाँकी सहितको ¥याली हुने छ । उक्त ¥याली महोत्सव स्थलमा पुगेर उदघाटन सभामा परिणत हुने आयोजकको भनाई छ । उक्त महोत्सवका चार वर्ष पछि आयोजना गरिएको हो ।

तपाइको प्रतिक्रिया

(Visited 127 times, 1 visits today)

आजको समाचार

मतभेदभन्दा मनभेद जोखिम

जीवहरूमध्ये मानिस विशिष्ट प्राणी हो । मानिसको मस्तिष्कअन्य प्राणीको तुलनामा निकै विकसित छ । उसले औपचारिक, अनौपचारिक एवं अनियमित शिक्षाबाट ज्ञान प्राप्त गर्छ ।...

खाद्यमा खेलबाड गर्नेमाथि कडा कारबाही गर

पूर्ण सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंको आफ्नो गोदाममा वर्षौंसम्म थन्किएर रहेको कुहिएको झन्डै ५ सय मेट्रिक टन बास्मती चामल बिक्रीका...

कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौं । संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा...

आइतबारदेखि काठमाडाैंमा विद्यालय खोल्ने निर्णय

  काठमाडाैं ।  काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि...

वायु प्रदूषणको अवस्था खतरनाक

पेरिस । वायु प्रदूषणको अवस्था खतरनाक भएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले वायु प्रदूषणको अवस्था सोचेकाभन्दा धेरै खतरनाक भएको जनाएको हो । नोभेम्बरमा हुन...

साताका लोकप्रिय समाचार

एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा

  काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज आइतबार बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बैठक बस्ने एमाले केन्‍द्रीय कार्यालयका सचिव...

कांग्रेस १४औं महाधिवेशनः १३ जिल्लामा वडा अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्न ढिला गरेसँगै ९ भदौका लागि तोकिएको पालिका अधिवेशनसमेत अनिश्चित बनेको छ । क्रियाशील सदस्यता नामावली...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

नेपालको चुनौती समाप्त

काठमाडौं । हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । जित निकाल्नै पर्ने खेलमा हङकङको महिला राष्ट्रिय...

यी हुन् सशस्त्र प्रहरीमा पदक पाउने भाग्यमानीहरु, सबैभन्दा ठूलो पदक डीआईजी राजु अर्याललाई

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा आज विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदक विभूषण घोषणा गरेकी छन् । जसमा...

ट्रेन्डिङ

‘एसईई परीक्षा जसरी पनि हुन्छ, तयारी गर्नू’

काठमाडौं । गत ५ चैत २०७६ मा स्थगित गरिएको एसईई परीक्षा सञ्चालन गर्न गृहकार्य अघि बढाइएको छ । सांसदहरूले एसईई परीक्षा नगराउन आवाज उठाइरहेको...

पहिरोले आठ घरमा क्षति, चारवटा सवारी बगायो

मुग्लिन । पहिरोले चितवनमा आठ घरमा क्षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति खसेकोे पहिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्षति...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)