२,६२४ मा सङ्क्रमण पुष्टि, २० जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घण्टामा थप दुई हजार ६२४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा गरिएको १३ हजार ५७३ परीक्षणमा सो सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म गरिएको पिसीआर परीक्षणमा सङ्क्रमितको सङ्ख्या सात लाख ३० हजार ४७९ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ६४ हजार ६११ रहेको छ । आज एक हजार ३३० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म छ लाख ८० हजार ८१५ सङ्क्रमण मुक्त भएका छन् ।

हाल ३६ हजार दुई जना होम आइसोलेशन, दुई हजार ४०३ जना संस्थागत आइसोलेशन छन् । त्यसैगरी ७६० जना आइसियू र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ४०५ जना छ ।

थप २० को मृत्यु

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार २५९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप २० जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।

उपत्यकामा ७९५ बढी सङ्क्रमित

काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै काठमाडौँमा ५३५, ललितपुरमा १६४, भक्तपुरमा ९६ मा सङ्क्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

बिहान स्कुल गएकी किशोरीको साँझ विभत्स शब भेटियो
मेयर साहको परीक्षा अनुगमन विवादित बन्दै
बजेटमा किन राखिएन चुनावी खर्च ?
पोखराका मेयर मानबहादुर जिसी १९ दिनपछि डिस्चार्ज
नौ महिनामा वाणिज्य बैंकको नाफा ५१ अर्ब
माओवादीलाई बास्कोटाको प्रश्न : हिजो बैंक लुटेको पैसा खै ?

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी