लन्डन । भारतले दोस्रो टेष्ट क्रिकेटमा घरेलु टोली इंग्ल्याण्डमाथि १ सय ५१ रनको शानदार जित निकालेको छ । अन्तिम दिन २ सय ७२ रनको लक्ष्यसहित मैदान ओर्लेको इंग्ल्याण्ड १ सय २० रनमा अलआउट भएको थियो । उसका लागि कप्तान जोय रुटले ३३ तथा जोश बट्लरले २५ रन बनाए ।
इंग्ल्याण्डलाई कम रनमै समेट्न भारतका मोहम्मद सिराजले ४ तथा जसप्रित बुमराहले ३ विकेट लिए । यसअघि लडसमा टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली भारतले पहिलो इनिङमा ३ सय ६४ रन बनाएको थियो ।
इंग्ल्याण्डले भने पहिलो इनिङमा ३ सय ९१ रन जोडेको थियो । त्यसपछि भारतले दोस्रो इनिङ २ सय ९८ रनमा समाप्तिको घोषणा गरेपछि इंग्ल्याण्डले २ सय ७२ रनको लक्ष्य पाएको थियो । जितसँगै भारतले पाँच खेलको श्रृंखलामा १० को अग्रता बनाएको छ । पहिलो टेष्ट वर्षाका कारण बराबरीमा सकिएको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)