गोरु चराउन गएकी युवति २३ दिन देखि वेपत्ता

लमजुङ । लमजुङकी एक २१ वर्षीया युवती २३ दिनदेखि सम्पर्क विहीन भएपछि खोजी दिन परिवार र माइती पक्षले आग्रह गरेका छन् । लमजुङको राइनास नगरपालिका– ५ तीनपिप्ले गाउँमा घर भएकी युवती सम्पर्क विहीन भएकी हुन् ।

बेपत्ता हुने तीनपिप्ले निवासी सन्तोष श्रेष्ठकी श्रीमती २१ वर्षीया विष्णु श्रेष्ठ हुन् । गत बैशाखमा विवाह गरेकी उनी माइतीमा दुल्हन फर्काउन समेत नगएको माइती पक्षको भनाई छ । उनी गत साउन ९ गतेबाट घर परिवारबाट सम्पर्क विहीन भएको परिवारले जनाएको छ । सो दिन खाना खाएर गोरु चराउन गएकी विष्णु सोही दिन विहान करिव ११ बजे घर नजिकै चेपे नदीको किनार जलविरे भन्ने ठाउँबाट हराएकी उनका श्रीमान् सन्तोष श्रेष्ठले बताए ।

उनका अनुसार पहेलो रङको कुर्ता लगाएकी विष्णुको एउटा चप्पल, झोेला, स्पिकर र उनले प्रयोग गर्ने मोवाइल फोन चेपे नदी किनारमा भेटिएको थियो । उनले भने, ‘चेपे नदीले बगाएको हुनसक्ने आशंकामा परिवारजन, स्थानीय गाउँलेहरू तथा स्थानीय प्रहरी चौकीका प्रतिनिधिसहितको टोलीले खोजी गर्दा भेटिएन, आफन्तकोमा पनि बुझेका छौं, हालसम्म पनि भेटिएको छैन ।’

झण्डै महिना दिनसम्म उनी कहाँ कुन अवस्थामा छन् भन्ने जानकारी पाउन नसकेको हुँदा उनका घर र माइती दुवै पक्षले विष्णुको खोजी गरीदिन प्रहरी, मानवअधिकारवादी तथा पत्रकारहरू समक्ष आग्रह गरेका छन् । बहिनीको खोजीमा आफू र बुबा आएको विष्णुकी दिदी शान्ता श्रेष्ठले बताइन् । उनका अनुसार बहिनीले विवाह अघि पनि अलिक अस्वभाविक बानी व्यवहार देखाउने गरेको बताइन् । उनले भनिन्, ‘बिवाह पछि दुल्हन फर्काउने काम समेत भएको छैन, एकाएक बहिनी हराएको सुन्दा होसले काम नै गरेको छैन ।’

छोरी हराएको यतिका दिनसम्म पनि न सास न त लास भएपछि खोज्ने कामलाई तिब्रता दिनु पर्ने विष्णुका बाबुले बताए । उनले भने, विष्णुले चलाउने मोवाइलको कलडिटेल समेत हेरिएको तर उनी अन्य पुरुषसँग गएको आशंका गर्ने ठाउँ नभेटिएको जिल्ला प्रहरी कार्र्यालयले जनाएको छ ।

बर्दियाको बढैयाताल– ८ मा माइतीघर घर भएकी विष्णुको पुख्र्यौली थलो लमजुङकै बेसीशहर नगरपालिका– ११ हो । उनको बैशाख ९ गते लमजुङ राइनास नगरपाकिला– ५ तीन पिप्लेका सन्तोषसँग विवाह भएको थियो ।

 

तपाइको प्रतिक्रिया
(Visited 320 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अन्तिम चुनावी अभियानमा ह्यारिस र ट्रम्प

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुला एमालेको उम्मेदवारी दर्ताको जुलुसमा सहभागी महिलाको मृत्यु