आमासंगै नुहाउन गएकी पाँच वर्षिया छोरीको डुबेर मृत्यु

 

सप्तरी, राजविराज । आमासँग पोखरीमा नुहाउँदै गरेकी ५ वर्षिया अवोध बालिकाको डुबेर मृत्यु भएको छ । सप्तरीको महदेवा गाउँपालिका ४ बस्ने सुवन कामैतकी ५ वर्षिया छोरी सोनमको बिहीबार नुहाउने क्रममा ज्यान गएको हो ।

डिएसपी माधवप्रसाद काफ्लेका अनुसार घर नजिकै रहेको खुदन तिवारीको पोखरीमा आमासँग नुहाउँदै गरेको बेला अचानक डुबेर उनको मृत्यु भएको हो ।

आमाले आवश्यक सतर्कता र निगरानी गर्न नसक्दा सो दुःखद घटना भएको उनको भनाई छ । घटना’bout थाहा पाएपछि पुगेको प्रहरी टोलीले मृतक बालिकाको शव आवश्यक कानुनी प्रक्रियाका साथ पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पु-याएको छ ।

सप्तरीमा गत आ.ब. २०७७/७८ मा नदी, खोला, पोखरी, खाल्डो तथा नालामा डुबेर १४ बालबालिकासहित २७ जनाको मृत्यु भएकोमा चालु आ.ब.को एक महिना ३ दिनको अवधीमा दुई बालबालिकासहित ५ जनाको ज्यान गइसकेको छ ।
अभिभावकले निगरानी गर्न नसक्दा यस्ता अप्रिय घटना बढेकोमा चिन्ता व्यक्त गर्दै प्रहरी उपरिक्षक राजेन्द्र धमलाले यसतर्फ अभिभावक जिम्मेवार बन्नु पर्नेमा जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जब अध्यक्षकै उम्मेदवारले पार्टी परित्याग गरे…