भारतमा सक्रिय संक्रमितको संख्या ५ महिना पछिको सबैभन्दा कम

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३६ हजार पाँच सय ७१ जना नयाँ संक्रमित थपिएका हुन् । भारतमा अहिले सक्रिय अवस्थामा रहेका संक्रमितहरुको संख्या तीन लाख ६३ हजार ६ सय पाँच पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

सक्रिय अवस्थामै रहेका संक्रमितहरुको यो संख्या गत एक सय ५० दिनपछिकै सबैभन्दा कम भएको पनि उनीहरुले बताएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या १.१२ प्रतिशत रहेको छ ।

भारतमा अहिले संक्रमणमुक्त भएकाहरुको कूल संख्या तीन करोड १५ लाख ६१ हजार ६ सय ३५ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ३६ हजार ५ सय ५५ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् ।

कोरोनाभाइरसबाट संक्रमित भएकामध्ये भारतमा मात्रै अहिलेसम्म ४ लाख ३३ हजार पाँच सय ८९ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा पाँच सय ४० जनाको मृत्यु भएको हो । अहिले भारतमा संक्रमणमुक्त हुने दर पनि उच्च रहेको छ । अधिकारीहरुका अनुसार अहिले ९७.५४ प्रतिशत मानिस संक्रमणमुक्त भएका छन् । यो संख्या २०२० को मार्चपछिकै सबैभन्दा धेरै हो ।

तपाइको प्रतिक्रिया
(Visited 186 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ता छन् नवलपरासीका उम्मेदवारहरू (सूचीसहित)