प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत रूपमा सुधार भएको छ । मिर्गौला प्रत्यारोपण गरिएको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ । प्रधानमन्त्रीले झोलिलो खानेकुरा खान थालिसकेका छन्, अवस्था सामान्य बन्दै गए अबको एक सातामा उनलाई डिस्चार्ज गरिनेछ ।

प्रधानमन्त्रीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण बुधबार भएको थियो । होसमा आएपछि चिकित्सकले आँखा खोल्न आग्रह गर्दै भने, ‘तपाईंलाई कस्तो छ, दुखेको छ ?’ लगत्तै प्रधामन्त्री ओलीले भने, ‘अँ, मलाई दुखेको छैन ।’ प्रत्यारोपित मिर्गौलाले सामान्य रूपमा काम गर्न थालेको र प्रधानमन्त्रीलाई बिहीबारबाट तरल खानेकुरा दिन सुरु गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचकहरू सामान्य अवस्थामा रहेको पनि अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

प्रधानमन्त्रीका निजी चिकित्सक एवं प्रत्यारोपण टिममा संलग्न मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्यासिंह शाहका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलाले सहज तरिकाले काम गर्न थालिसकेको छ । उनले भनिन्, ‘प्रत्यारोपण गरिएको मिर्गौलाले पनि एकदम राम्रो काम गर्न थालिसकेको अवस्था हो । झोलिलो कुराहरू खान थाल्नुभएको छ ।’ प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवालीको स्वास्थ्य अवस्था पनि स्थिर रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ज्येष्ठ मतदाता यसो भन्छन्