हरिनास गाँउपालिकालाई अख्तियारले काट्योे पत्र, उजुरीमाथी छानविन सुरु

 

स्याङ्जा । स्याङ्जाको हरिनास गाँउपालिकामा भएको अनियमिताको छानविन गरिदिन माग गर्दै स्थानीय दिएको उजुरी माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले छानविन शुरु गरेको जनाएको छ ।

पोखरा स्थित अख्तियारले गाँउपालिकालाई पत्र काटेर १५ दिनको समयभित्र उजुरीमा उल्लेख भएका सबै विवरण माग गरेपछि अख्तियारले छानविन शुरु गरेको जनाएको हो । गाँउपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले हरेक योजनामा प्रक्रियागत भन्दा पनि मनोमानी ढंगले काम गर्दा आर्थिक अनियमितता र प्रक्रियागत त्रुटिको आरोप लगाउदै अख्तियारमा उजुरी दिएका थिए । आयोगका शाखा अधिकृत मणिराज पौडेलले हस्ताक्षर गरेको पत्रमा यस कार्यालयमा दर्ता हुन आएको उजुरी सम्वन्धमा राय र प्रतिक्रिया, सम्वन्धित कागजात सहित १५ दिनको समय दिएको उल्लेख गरेको छ ।

आयोगले भवन निर्माण गर्दा सार्वजनिक खरिद ऐन अनुसार टेण्डर आव्ह्रान नगरी उपभोक्ता मार्फत निर्माण गरि कमसल सामाग्री प्रयोग गरिएको सम्वन्धमा सो बिषयका कागजात, गाँउपालिका कार्यालयमा लगाइएको तारजाली सम्वन्धमा यथार्थ विवरणको विल भरर्पाइ कागजातहरु र बैदी छाप, क्याक्मी मोटरबाटोको निमार्ण कार्यको लागत, नापी किताब र सम्पन्न प्रतिवेदन सहितको कागजातहरु सहित राय बुझाउन पत्र काटेको छ । यस बिषयमा राजधानी दैनिकले पनि फलोअप गर्न थालेपछि अख्तियारले चासो देखाएको हो । नाम नखुलाउने शर्तमा राजधानीलाई सुचना दिएका स्थानीयले अख्तियारले छानविन सुरु गरेकोमा खुशी व्यक्त गरेका छन् ।

सत्य, तथ्य रुपले छानविन गरी सोको बिषयमा सार्वजनिक गरिदिन पनि उनले अख्तियारलाई आग्रह गरेका छन् । हरेक योजनामा आफ्ना दाजुभाई र इष्टमित्रलाई मात्रै कामको ठेक्कापट्टा मिलाईदिने र अन्यले योजनाको काम नपाउने गुनासो उनीहरुले लगाएका छन् । आफ्नाले मात्रै हरेक योजना निर्माणमा काम गर्दा आर्थिक अनियमितता भएको दावी उनीहरुको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जब अध्यक्षकै उम्मेदवारले पार्टी परित्याग गरे…