सिन्धुपाल्चोक । नेपालको हिमाली क्षेत्रमा परम्परादेखि नै अभ्यास गर्दै आएको सोवारिग्पा उपचार पद्धति कारोना महामारी कालमा पनि प्रयोगमा आएको छ । परम्परागत विधिबाट गरिने उपचार पद्धति समयअनुसार सुधार हुँदै आएको छ ।
ज्वरो, पखालालगायतले बिरामी हुँदा नेपालका दुर्गम हिमाली भेगमा आम्चीहरूले नै उपचार गरिरहेकोमा अहिले प्रमुख सहरी इलाकामा पनि विस्तार भएको छ । सोवारिग्पा एसोसिएसनका अध्यक्ष डा. तेन्जिङ धार्के गुरुङका अनुसार काठमाडौं, बुटवल, पोखरा, बिर्तामोडलगायतका सहरमा सोवारिग्पा मेडिकल कलेज नै स्थापना भएको छ । ‘सोवारिग्पा एक उपचार विधि हो, यो उपचार विधिलाई बुद्धकालीन चिकित्सा पनि भनिन्छ, बुद्धले चार वर्ष तपस्या गरेर सुरुवात गरेको चार तन्त्र, जडीबुटी, चार तत्वमा आधारित रहेको हुन्छ,’ सोवारिग्पा एसोसिएसनका अध्यक्ष डा. गुरुङले भने, ‘नेपालको हिमाली जिल्ला, भारतको सिक्किम र भुटानलगायतका हिमाली क्षेत्रमा सयौं वर्षदेखि प्रयोगमा रहँदै आएको यो प्रणाली नेपालमा पनि सरकारले कोरोना कालमा नै मान्यता दिएको हो । हामी निरन्तर रूपमा यसको विस्तारमा लागिरहेका छौं ।’ डा. गुरुङकै भनाइलाई सहमति जनाउँदै सियार समाजका अध्यक्ष निमा लामा पनि सोवारिग्पा उपचार पद्धति १२औं शताब्दीमा सुरु भएको र यसमा २ सयभन्दा बढी जडीबुटीहरू प्रयोग हुने गरेको बताउँछन् ।
अध्यक्ष लामाले भने, ‘अहिलेका आधुनिक औषधि उपचार प्रणाली आएको धेरै भएको छैन, करिब चार दशक भयो होला, त्यसअघि हिमाली आदिवासीहरूले सोवारिग्पा विधिबाटै रोगहरूको उपचार गर्दै आएका थिए ।’ अझै पनि हिमाली क्षेत्रमा यो विधि प्रयोगमा रहिआएको उनको कथन छ । दुर्गम तथा आफ्नो थातथलोमा रहेका आदिवासी सोवारिग्पा उपचार विधिमा विश्वास राख्ने हुँदा यसको महत्व रहेको जनस्वास्थ्यविद् डा. सुरेश तामाङ बताउँछन् । ‘पश्चिमाको प्रभाव र आधुनिक औषधि उपचार विधिको विकासक्रमले गर्दा सहरी क्षेत्रका मानिसमा भ्रम पनि छ । सानोसानो समस्या पर्दासमेत ठूलाठूला अस्पताल जाने चलन पनि छ ।’ सोवारिग्पा विधिबाट… सोवारिग्पा विधिको संरक्षण सोवारिग्पा एक उपचार विधि हो र आम्ची रोगको उपचार गर्ने व्यक्ति अथवा चिकित्सक हुन् । आम्ची ज्ञानको परम्परा हिजो आज कलेजमा अध्ययन हुन थाले पनि समुदायमा पुस्ता हस्तान्तरणका माध्यमले संरक्षित छ । तर, बौद्ध शिक्षा अध्ययन अध्ययन गर्ने क्रममा गुम्बामा सोवारिग्पा पनि अध्ययन गराइने गरेको हुँदा संरक्षित हुन सकेको तर्क राख्छन् डा. गुरुङ ।
जनस्वास्थ्यविद् डा. तामाङ भने सरकारी नीति तथा कानुनमा समावेश गरे मात्र सोवारिग्पा उपचार विधि जोगिने धारणा राख्छन् । संरक्षणकै विषयलाई जोड्दै सियार समाजका अध्यक्ष लामाले भने, ‘हिमाली क्षेत्रको भूगोल जडीबुटीको संगम थलो भएको हुँदा यहाँ जडीबुटी पहिचानका लागि विशेष अभियान र अध्ययन हुनुपर्ने देखिन्छ ।’ सोवारिग्पा उपचारमा रोग निको पार्ने विधि सोवारिग्पा उपचार विधिमा आफ्नै फरक रोगको पहिचान गर्ने प्रक्रिया रहेको हुन्छ । यस विधिमा रोग पत्ता लगाउने तीनवटा प्रक्रिया रहेको छ । यससमा ताव, रिगप र टिवा भन्ने छ । यी तीन कुरालाई राम्रोसँग सिक्नुपर्छ । डा. गुरुङ भन्छन्, ‘पहिलो चरणको भनेको बिरामीको छोएर उसको नारीलाई जाँचेर पत्ता लगाउनुप¥यो, दोस्रो भनेको हेरेर बिरामीको आँखा, मुख, जिब्रो र दिसा पिसाब हेरेर पत्ता लगाइन्छ र तेस्रोमा बिरामीलाई के कसरी कस्तो लक्षण देखियो वंशमा यस्तो रोग छ छैन भनेर सोधेर गरिन्छ ।’ जनस्वास्थ्यविद् डा. तामाङले पश्चिमा विश्वविद्यालयले वर्तमान अवस्थामा इथ्नो बोडानिकल, इथ्नो मेडिसिन भनेर अध्यापन गराउन सुरु गरेकाले यसको प्रचारमा सहयोग पुगेको बताए । ‘जडीबुटीका बोटको पात, जरा, फूल, बोक्राहरूमा केकस्ता तत्व पाइन्छ भनेर विज्ञानले हेर्छ र विज्ञानमा त्यो सम्भव छ । र, यसमा हरेक विद्यालयहरूले अध्ययन गराइरहेका छन् । इन्डियाले १९७९ मा सोवारिग्पाको इन्स्टिच्युट खोलिसकेको र २००९ मा राष्ट्रिय रूपमा मान्यता पाएको छ । नेपालमा पनि अनुसन्धान केन्द्र, वनस्पति विभाग रहेको छ र अन्य निकायको पनि ध्यान गएको पाइन्छ,’ उनले भने ।
इन्डिजिनियस फिचर सेवाबाट