मिथिलाञ्चलमा रक्षाबन्धनको रौनक : दिनभर रक्षाबन्धनको गितले घर बजार गुन्जायमान

 

सप्तरी, राजविराज । भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन जिल्लामा धुमधामका साथ मनाइएको छ । सप्तरीको ग्रामिण तथा शहरी क्षेत्रमा आईतवार विहानै देखी दिदी बहिनीले नुहाई धुवाई गरी विभिन्न पवित्र धागोले बनेको रंगीचंगी राखीहरु थालमा सजाएर आ आफना दाजु भाईको हातमा बाँधेर मिष्ठान भोजन खुवाउदै दाजु भाईको दिर्घायुको कामना सहित रक्षाबन्धन पर्व मनाएका हुन् ।

यो पर्व मनाउन आवश्यक पर्ने राखी र प्रसाद समाग्रीको पसलमा विहानै देखी भिड लागेको छ । ग्राहकको रोजाईमा परेका राखीको डिजाईनको माग र त्यसको आपुर्ती गर्न ब्यपारीहरुलाई भ्याई नभ्याई थियो । राजविराजको ब्यस्त बजार मानिएको राधाकृष्ण मन्दिर हटिया क्षेत्रमा मात्रै राखीको पाच दर्जन भन्दा बढी पसलहरु खोलिएका छन् । मिठाई पसलमा पनि भिड उत्तिकै लागेको थियो । घर र बजार पनि विहानै देखी रक्षाबन्धनको गीतले गुन्जायमान बनेको थियो । कोरोनाको जोखिमका कारण भारतीय सिमासंग जोडिएका नाकाहरु बन्द रहेका कारण भारतमा रहेका दाजु भाई र दिदी बहिनीलाई भने आफन्त काहा पुग्न निकै समस्या भोग्नु प-यो । पर्व मनाउन भारतीय सिमाबाट नेपाल सिमा सम्म पैदलै हिडेर आएका उनीहरु निकै कष्टका साथ गन्तब्य सम्म पुग्नु पर्ने बाध्यता रहेको गुनासो गर्दै नाका खुलाउन माग पनि गरेको देखिन्थे ।

राखी बाँधे पछि भाईबहिनीको प्रेम सम्बन्ध अझ बढ्ने धार्मीक विश्वासका साथ यो पर्व मनाईन्छ । भाईबहिनी विच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाउने यो पर्व मिथिलाअञ्चल क्षेत्रको साँस्कृतिक पर्व मानिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको ३ पालिका र ४८ वडाको नतिजा सार्वजनिक (सूचीसहित)