भक्तपुरमा सात दिन सम्म चल्ने गाईजात्रा आजबाट शुरु

 

भक्तपुर । विहान सवेरै भक्तपुरको तलेजुबाट तलेजुको गाई अर्थात ताहाचा निकालेपछि भक्तपुरमा विधिवत रुपमा गाईजात्रा अर्थात साँःपारु शुरु भएको छ । सात दिन सम्म चल्ने सापारु जहिले पनि तलेजुबाट नै निकालेर थालनी गरिदै आएको छ ।

दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व बिहानैदेखि शुरु भएको हो । नेवार समुदायले आफ्ना दिवंगत आत्माको सम्झना स्वरुप बिहानैदेखि जात्रा निकाल्ने गरेका छन् ।

भक्तपुरको गाईजात्राको मुख्य आकर्षण भनेको घिन्ताङकिसी र माक प्याख नाच हो । विहान देखि नै आफ्ना दिवंगत आत्माका प्रतिक निकाल्दै घिन्ताङकिसी खेली यो पर्व मनाइंदै आएको छ ।

यस पर्वलाई ब्यङ्ग्यको प्रतिकका रुपमा पनि लिईन कारण यस जात्रामा विभिन्न ब्यङ्ग्य हरुका साथ जात्रा निकाल्ने गरिएको पाईन्छ ।

भक्तपुरमा गाईजात्राका दिन धार्मिक परम्पराअनुसार परालबाट निर्मित भैरव र परालबाट बनेको तमाचा निकालेर नगर परिक्रमा गराई सो दिनको गाईजात्रा विसर्जन गरिने चलन छ । आजको दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको छ । आजका दिन दिवङ्गत भएका आफन्तको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।

भिडभाड नगर्न भक्तपुर नगरको अनुरोध

गाईजात्राका अवसरमा भक्तपुरमा अत्यधिक भिडभाड हुने भएकाले यसलाई नियन्त्रण गर्न नगरपालिकाले गाई निकाल्दा २५ जना भन्दा बढि सहभागी नहुन अनुरोध गरेको छ ।

भक्तपुरको गाइजात्रा अनेत्रको भन्दा भिन्न र आकर्शक हुने भएकाले विभिन्न स्थानबाट अवलोकन कर्ता आउने भएकाले पनि जात्रामा कारोना संक्रमण दर बढन सक्ने मध्यनजर गर्दै भिडभाड नगर्न नगरपालिकाले अनुरोध गरेको हो ।
जात्रालाई औपचारिकतामा मात्र सिमित गदै मनाउन भक्तपुर नगरले माइकिङ तथा विभिन्न माध्यमबाट अनुरोध गर्दै आएको छ ।

लिच्छवी काल देखि निरन्तरता नपाएको जात्रा नयाँ पुस्ताले निरन्तरता दिदैं

भक्तपुरको उत्तर पूर्व भेगमा पहिला भक्तपुर नगर रहेको स्थानमा पनि यो वर्ष कोरोनाका कारण सामान्य तवरमा गाईजात्रा मनाईने भएको छ । आनन्द देव राजाले भक्तपुर नगरलाई साविक सुडालबाट हालको स्थानमा सारेपछि रोकिएको जात्रा केहि वर्ष देखि स्थानीयहरुले ईतिहाँस विध संस्कृति विधहरुको सल्लाहमा पुन संचालन गर्दै आएका छन् । हाल चाँगुनारायण नगरपालिका वडा नम्वर ८ पर्ने उक्त स्थानमा २०६८ साल देखि निरन्तर रुपमा रोकिएको जात्रा पून संचालनमा ल्याइएको ब्रम्हायणी जात्रा व्यवस्थापन समितिका अध्यक्ष सहदेव साखकर्मीले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी