काठमाडाैं । गायिका ऋतु कँडेलले याे वर्ष पनि केही माैलिकता समेटेर तीजगीत बजारमा ल्याएकी छिन् । अलि अलि लजाउँदै बोलको तीज गीतको भिडिओ सार्वजनिक भएकाे छ।
संगीतमा माष्टर्स गर्दै गरेकी ऋतुकाे गीत सङ्गीतमै पिएचडी गर्ने याेजना छ l अलि अलि लजाउँदै तीजगीतको भिडिओ उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेकी छिन् । यस गीतमा ऋतुकाे संगीत र लय रहेकाे छ ।
तीजका गीतमा तीजसंग जाेडिएका माैलिक परम्पराले स्थान पाउनु पर्ने मान्यता राख्ने ऋतुले यसपालीकाे गीतमा माइतीकाे प्रसंगलाइ जाेड दिएकाे बताइन् । माइतीकाे महिमा चेलीले कहिल्यै बिर्सन नसक्ने भएकाले तीजकाे महिमा पनि बढ्दै गएकाे उनकाे भनाइ छ ।
गोविन्द मधुर आचार्यको म्युजिक एरेन्ज र खड्ग बजुरालीको मिक्सिङ रहेको यो गीतको भिडिओ प्रकाश धमलाले सम्पादन गरेका हुन् । सुरेश श्रेष्ठद्वारा छायाङ्कन गरिएको यो भिडिओको निर्देशन र कोरियोग्राफी स्मृति तिमल्सिनाको रहेको छ । भिडिओमा रुविना अधिकारी र ऋतु स्वयंले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् ।