केभीएस क्वार्टरमा

काठमाडौं । काठमाडौं विनायक शिक्षालय (केभीएस) चौथो प्याब्सक कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगितामा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगितामा केभीएसले रिताम्बरालाई २–१ तथा तिरुपातीलाई ६–१ गोलले पराजित ग¥यो । विट्स एकेडेमीले हिमालयलाई ३–२ तथा भीमेश्वर एकेडेमीले गणेश हिमाललाई टाइब्रेकरमा ३–२ गोलले हराउँदै क्वार्टरफाइनलमा पुग्न सफल भए । प्राक्सिस्को ‘ए’ र ‘बी’ दुवै टिमले प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरे । चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा भएको अन्य खेलमा फेरिल्यान्डले अरुणीलाई ३–१, ग्रिनफिल्डले हिलारीलाई ६–१, आकाशगंगाले प्रोग्रेसिभलाई ३–०, विनायकले केभीएम ‘बी’ लाई ४–१, जोन एकेडेमीले केभीएम ‘ए’ २–० तथा ज्ञान चक्छुले प्रस्फुटनलाई १–० गोलले पाखा लगाए । प्रतियोगिताको अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एक कार्यक्रमबीच उद्घाटन गरे । शीर्ष चार स्थानमा रहने टिम क्रमशः १० हजार, ८ हजार, ७ हजार र ५ हजार नगदबाट पुरस्कृत हुनेछ । शुक्रबारसम्म चल्ने प्रतियोगितामा ६४ टिम सहभागी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेसमा सानेपा भर्सेज चुनदेवी