सुदूरपश्चिममै राजपत्र छापिने

 

धनगढी । अब सुदूरपश्चिम प्रदेशमै राजपत्र छाप्न सुरु गरिएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आफनै मुद्रण मेसिन जडान गरि मंगलबारदेखि राजपत्र छाप्न सुरु गरेको हो ।

प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले मेसिनको पुजापाठ गरि राजपत्र छाप्ने मेसिनको उद्घाटन गरिन् । राजपत्र छाप्ने मेसिनको उदघाटन गर्दै मन्त्री जोशीले यसअघि राजपत्र छपाउनका लागि संघिय मुद्रण विभागमा पठाउनुपर्ने बाँध्यता रहेको बताइन् । उनले भनिन–‘प्रदेशको ऐन, कानुन, कार्यविधि, मापदण्ड तथा सरकारका निर्णयहरु कार्यान्वयन गर्न राजपत्रमा छाप्नुपर्छ ।’

मन्त्री जोशीले यसअघि काठमाडौंको मुद्रणले राजपत्र छपाईमा ढिलाई गर्दा प्रदेश सरकारका निर्णय कार्यान्वयन गर्नमा समस्या हुने गरेको बताइन् । उनले भनिन –‘मुद्रण विभागले यस प्रदेशबाट पठाएका ऐन, कार्यविधि, निर्णयहरु छपाई गर्न तीन महिनाभन्दा बढी समय लगाउने गरेको थियो ।’

उनका अनुसार प्रदेश सरकारका दर्जनौ कागजपत्र मुद्रण विभागमा महिनौदेखि छपाईका क्रममा रहेको बताइन । उनले भनिन ‘अब प्रदेशमै मेसिन आइसकेको छ । प्रदेश सरकार र स्थानीय तहका आवश्यक निर्णयहरु यतै छापिने छ ।’
उनले प्रदेश सरकारले मुद्रण मेसिन जडान गरेसंगै प्रदेश सरकारलाई सहज हुने बताइन । उनले भनिन् ‘मेसिन ल्याएपछि समयमै प्रदेश सरकारका निर्णयहरु राजपत्रमा छापिने र कार्यान्वयन पनि छिटो छरितो हुने छ ।’

मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा प्रदेशमै मुद्रण मेसिन खरिद तथा जडान गर्ने कार्यक्रम उल्लेख रहेको बताए । उनले भने–‘आर्थिक वर्षको अन्त्यमै मेसिन प्रदेश सरकारले खरिद गरेपनि जडान गर्न ढिलाई भएकाले सञ्चालन गर्न सकिएको थिएन ।’ उनले सो मेसिन २७ लाख ८० हजारमा खरिद गरि भित्र्याइएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोगले तोकेको समय सकिएको तीन दिनपछि उमेदवारी दर्ता