लिफ्ट दिएका ब्यक्तिले बाइक अन्तै मोडेपछि किशाेरी बाइकबाटै हाम फालिन्

 

बैतडी । बैतडीमा मोटरसाइकलबाट खसेर एक किशोरी घाइते भएकी छिन् । जिल्लाको पाटन नगरपालिका ९ किचारकी १६ बर्षीय गोदावरी भट्ट गम्भीर घाइते भएकी हुन् ।

सोमबार बिहान गौराका लागि लुगा कपडा र श्रृंगारका सामाना किन्न खोड्पे बजार पुगेकी गोदावरीलाई घर फर्किदा मोटरसाइकलमा लिफ्ट दिएका हरिश महराले अन्तै लग्न खोजेपछि उनले मोटरसाइकलबाट हाम फालेको उनका दाजु जनकराज भट्टले बताए ।

आफ्ना बुवा अर्जुन भट्ट र गाउँका अन्य बैनीहरुसंग खोड्पे पुगेकी गोदावरी बुवा भन्दा केही ढिलो घर फर्किदा हरिशले आँफै लिफ्ट दिन्छु भनेर मोटरसाइकल चढाएको जनकले बताए । उनले भने ‘बैनीले बीचमा बुवा देखेपछि म यतै उत्रिन्छु भनेकी रहेछ । तर उसले विजयपुर सम्म पुर्याइ दिन्छु भनेछ । विजयपुरबाट पनि बझाङ तर्फ जाने रोडमा लान थालेपछि बहिनीले हाम फालिछन् ।’

गोदावरीले मोटरसाइकलबाट हाम फालेपछि हरिश एक्लै भागेका बताइएको छ । हरिशको घर पनि पाटन नगरपालिका ९ कत्र्याकोटमा रहेको छ । गाउँकै चिनेजानेको मान्छेले मोटरसाइकलबाट अन्तै लाने प्रयासपछि गोदावरीले हाम फालेको पारिवारका सदस्यको भनाई छ ।

घाइते गोदावरीको अहिले धनगढीको मायामेट्रो हस्पिटलमा उपचार भईरहेको छ । उनको आइसियुमा राखेर उपचार भईरहेको उनका दाजु जनकराज भट्टले बताए । उनले भने ‘बाहिरी देखिने चोट कम भएपनि बहिनीको भित्री अंगमा चोट छ । बेहोस अवस्थामा छ ।’

पीडित परिवारले घटनाको छानबीनका लागि खोड्पे प्रहरीचौकीमा निवेदन दिएका छन् । आफ्नो बहिनीले न्याय पाउनुपर्ने उनका दाजु जनकले बताए ।

प्रहरीले मोटरसाइकल चालक हरिश महरा र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले बताए । अहिले सम्म मोटरसाइकलबाट हाम फालेर एकजना किशोरी घाइते भएको भन्ने जानकारी मात्रै आएको र घटनाका बिषयमा थप अनुसन्धान भईरहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार