जा मन गुभाजुलाई निप्फ अवार्ड

 

पाँचथर । नेपाल इन्डिजिनियस फिल्म फेस्टिवल (निफ्फ) अवार्डमा नेवारी चलचित्र ‘जा मन गुभाजु’ ले वेष्ट फिल्मको अवार्ड जितेको छ । याक्थुङ (लिम्बू) भाषाको चलचित्र ‘केः’ ले वेष्ट स्टोरी अवार्ड प्राप्त गरेको छ ।

अमेरिकाको न्यूयोर्कमा दुई दिन चलेको महोत्सवमा प्रदर्शनका लागि सात मातृभाषि फिल्म छनौंट भएका थिए । महोत्सवमा गुरुङ चलचित्र ‘मि होर्वै ट’ ले उत्कृष्ट निर्देशन र संगीत, ह्योल्मो जातिको चलचित्र ‘मेटोक’ ले उत्कृष्ट छायाङ्कन र पव्लिक च्वाईस, मगर भाषाको चलचित्र ‘ट्याङचालक’ की नायीका तिला मगरले उत्कृष्ट नायीकाको र तामाङ चलचित्र ‘प्रङ्ना’ ले उत्कृष्ट भेषभूषाको अवार्ड प्राप्त गरेका छन् ।

नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले २७ औं विश्व आदिबासी दिवशको अवशरमा तेस्रोपल्ट महोत्सव आयोजना गरेको हो । आदिबासी जनजातिको कला, संस्कृति, भाषा र भेषभूषाको प्रबद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको फिप्नाको अध्यक्ष लोक चेम्जोङले बताए ।

महोत्सवमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूत विष्णुप्रसाद गौतम र अध्यक्ष चेम्जोङले संयुक्त रुपमा अवार्ड हस्तान्तरण गरेका थिए । अमेरिकामा रहेका नेपालीहरु सहभागि महोत्सवमा गायक जगदीश समाल र राजु लामाले सांगीतिक प्रस्तुती दिएका थिए ।

 

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा जसपा गठबन्धनबाट बाहिरियो