जुनियर बक्सिङमा छिरिङलाई कास्य

काठमाडौं । दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एन्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपालका छिरिङ वांदी शेर्पाले कास्यपदक जितेका छन् ।

जुनियर ५४ केजी तौल समूहको सेमिफाइनलमा काजकस्तानका अडाल्बेक नियाज्बासँग पराजित भएपछि छिरिङ कास्यमै सीमित भएका हुन् । काजकस्तानका मुक्केवाजसँग पहिलो र दोस्रो राउन्डमा टिकेका छिरिङ तेस्रो राउन्डमा अयोग्य सावित हुन पुगे ।

उनले बलियो अडाल्बेक नियाज्बालाई बलियो चुनौती दिन सकेनन् । यसअघि छिरिङले कुवेती प्रतिद्वन्द्वी मोहम्मदमाथि तीन राउन्डमै वर्चस्व कायम गरी ५–० को जित निकाल्दै नेपालका लागि पदक पक्का गरेका थिए । यसअघि दुई महिला मुक्केवाज स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समूहअन्तर्गत नेपाललाई कास्यपदक पक्का गरिसकेका छन् ।

६ जना सहभागी मुक्केबाजमध्ये हालसम्म ३ कास्य पक्का भएको छ । नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज इन्द्रबहादुर सुनार इरानी प्रतिद्वन्द्वीसँग पराजित हुँदै बाहिरिए । ७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरियतामा अगाडि रहेका मुक्केबाजससँग आरएससीको आधारमा पराजित भएका थिए । अर्का युवा मुक्केबाज सुलभ माली सोमबार ५४ केजी तौल समूहमा इरानी प्रतिद्वन्द्वी अलियस्घसँग पहिलो राउन्डमै पराजित भए । २० अगस्तदेखि सुरु भएको च्याम्पियनसिप ३१ अगस्टसम्म सञ्चालन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको जनकनन्दनीमा अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी