काबुलमा महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध

 

काबुल । अफगानिस्तानमा तालिवानले सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जान र महिलालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । पश्चिमा फौजसँगै देश छोड्न चाहने अफगानीको संख्या बढेसँगै तालिवानले बुधबार आफ्ना नागरिकलाई यस्ता प्रतिबन्ध लगाएको हो ।

तालिवान प्रवत्ता जाबिहुल्लाह मुजाहिदले राजधानी काबुलमा आयोजित एक पत्रकार सम्मेलनमा आफ्ना नागरिकमाथि विभिन्न प्रतिबन्धको घोषणा गर्दै ती प्रतिबन्ध उल्लंङघन गरे कारबाही गरिने समेत धम्की दिएका छन् । ‘सम्पूर्ण नागरिकलाई काबुल विमानस्थल जाने बाटो बन्द छ । आदेश उल्लंङघन गर्नेमाथि कडा कारबाही हुन्छ ,’ प्रवत्ता मुजाहिदले भने ।

महिलामाथि हुन सक्ने दुव्र्यबहारका कारण घर भित्र बस्न बाध्य पारिएको तालिवान प्रवत्ताको दाबी छ । विमानस्थलमा पुगेका अफगानीलाई पनि तत्काल फर्कन उनले आग्रह गरे । ‘विदेशी फौजसँगै विमानस्थलमा पुगेका अफगानीलाई तुरुन्त घर फर्कन आव्हान गर्छ । हामी उनीहरुलाई विदेश जान दिन्नौ ।’ उनीहरुकै सुरक्षाका लागि महिलाहरुलाई घरभित्र बस्न भनिएको उनले बताए । ‘महिलामाथि हुन सक्ने दुव्र्यबहारका कारण घर भित्र बस्न अनुरोध गरिएको हो । ’

त्यस्तै, तालिवान प्रवत्ताले विदेशी सेनालाई तोकिएको समयभित्र देश छोड्न समेत चेतावनी दिए् । अफगानिस्तानमा अलपत्र परेका विदेशी सेनालाई नेटो फौज र पश्चिमा मुलुकका जहाजबाट उद्दार गरी विमानस्थल लैजान सकिने उनको भनाई थियो ।

अर्को एक छुट्टै प्रसंगमा तालिवानले अमेरिकी गुप्तचर निकायका प्रतिनिधिसँग गोप्य भेट गरेको विवरण उनले अस्वीकार गरे । तालिवानले गुप्तचर निकाय निर्देशकलाई सार्वजनिक रुपमै मंगलबार भेटेको उनको भनाई थियो । यसअघि सिआइएका निर्देशक विलियम बन्सले तालिवानी नेता अब्दुल गनी बरादरलाई काबुलमा गोप्य भेटेको विवरण सार्वजनिक भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर