काराबाओ कपमा आर्सनल, साउथह्याप्टन र बर्न्ले विजयी

लन्डन । काराबाओ कप फुटबलमा गएराति आर्सनल, साउथह्याप्टन र बर्न्ले विजयी भएका छन् । लण्डन क्लब आर्सनलले वेष्ट ब्रोमलाई उसैको मैदानमा ६–० ले हरायो । आर्सनलको जितमा पिएरे एमरिक औबामायङ्गले ह्याट्रिक गर्दा मार्टिन ओडेगार्ड, माइटल्याण्ड नाइल्स र निकोलस पेपेले एक एक गोल गरे ।

लिग कप पनि भनिने प्रतियोगिताको अर्को खेलमा साउण्थह्याम्पटनले न्युपोर्ट काउन्टीलाई ८–० ले पाखा लगायो । इंग्लीश फुटबलको चौथो श्रेणीको न्युपोर्टमाथि हात पारेको यो जित साउथह्याम्पटनको लागि अहिलेसम्मकै ठूलो जित हो ।

लिग कपकै अर्को खेलमा न्युकासल युनाईटेडलाई पेनाल्टी शुट आउटमा ४–३ ले हराउँदै बर्न्ले पनि चौथो चरणमा उक्लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 245 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता शिक्षाको अभावमा वीरगञ्जमा ५३ प्रतिशत मत बदर