कन्हैया सिंहको नेतृत्वमा इनास अमेरिकाको नयाँ कार्यसमित

काठमाडौं । अमेरिकाको भर्जिनियाँमा सम्पन्न अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको तेस्रो अधिवेशनले नयाँ कार्यसमित चयन गरेको छ । इनास विश्वका ७० राष्ट्रमा स्थापना भएको नेपाल बाहिर रहेका नेपाली कलाकरहरूको बृहत् संस्था हो । इनास अमेरिकाको केन्द्रीय अध्यक्षमा गायक तथा संगीतकार कन्हैयासिंह परियार चयन भएका हुन् ।

सिंहको अध्यक्षतामा इनास अमेरिकाको १७ जनाको केन्द्रीय कार्यसमिति चयन भएको छ । इनास अमेरिकाको वरिठ उपाध्यक्षमा गोपाल नेपाल फिस्टे, उपाध्यषमा अंकुश नेपाल, रीता श्रेष्ठ, महासचिवमा रमेश मैनाली, सचिवमा सन्त पोखरेल, कोषाध्यक्षमा राजन अधिकारी र सहकोषाध्यषमा गीता रेग्मी चयन भएका छन् । यस्तै केन्द्रीय सदस्यहरूमा दीपा अधिकारी, अमिता लामा, भरत बराइली, अनिल तिमिल्सिना, सुगन्ध श्रेष्ठ, नवीन केसी, निशेष भट्टराई, प्रकाश नेपाल, उज्ज्वलसिंह ठकुरी चयन भएका छन् ।

इनास अमेरिकाको तेस्रो अधिवेशन भर्जिनियाको फेरफेक्सस्थित तन्दुरी पार्टी प्यालेसमा सम्पन्न भएको हो । इनास उत्तर अमेरिकाका संयोजक आनन्दु लामाको सभापतित्वमा रमेश मैनालीद्वारा सञ्चालन गरिएको कार्यक्रमले संगीतकर्मी परियारलाई उक्त जिम्मेवारी सुम्पिएको हो ।

नयाँ अध्यक्षमा चयन भएपछि परियारले भने, ‘नेपालमा रहेर नेपाली गीतसंगीतको विकासमा योगदान दिँदै आएको थिएँ भने अमेरिकामा आएर पनि मैले सो कार्यलाई निरन्तरतता दिँदै आएको छु । इनास अमेरिकाको नेतृत्वमा रहेर अमेरिकामा नेपाली गीत संगीत तथा कलाको विकासमा अझ लागि पर्ने प्रण गर्दछु ।’

अमेरिकामा छरिएर रहेका कलाकारको समस्यालाई निराकरण गर्ने र सबै कलाकारलाई यो संस्थामा गोलबद्ध गर्न आफू अझ लागि पर्ने पनि उनले बताएका छन् ।

सो अधिवेशनबाट मेरिलेन्ड राज्य कार्य समितिमा सिर्जन ताम्राकारको अध्यक्षतामा ३३ सदस्य कार्य समिति गठन भएको छ । यसैगरी, इनासको भर्जिनिया राज्य कार्य समितिमा राहुल केसीको अध्यक्षतामा २० सदस्य कार्य समितिको गठन भएको छ । उता इनास अमेरिका पेन्सलभेनिया राज्य कार्य समितिमा विकास घले गुरुङको अध्यक्षतामा नौ सदस्य कार्य समितिको गठन भएको छ । त्यसैगरी केन्टकी राज्यको कार्य समितिमा अर्जुन थापाको अध्यक्षतामा २८ सदस्यीय कार्य समितिलगायतको गठन भएको छ ।

सो अधिवेशनमा इनास अमेरिकाले साहित्यतर्फ कवयित्री तारा पराजुली, पत्रकार सतिश चापागाईं, खेलतर्फ तेक्वान्दो सातौं राजकुमार थापा, कृष्ण बलाल, मिस नेपाल नर्थ अमेरिका–२०२१ मा मिस पपुलर च्वाइस अवार्ड विजेता नग्मा गुरुङ, सामाजिक अभियन्ता सुबोध पन्त, चलचित्र निर्देशक केपी पाठक, कलाकार शिवहरि पौडेल तथा एनआरएनका पूर्वखेलकुद संयोजक चन्द्र लामालाई सम्मान गरेको थियो ।

इनास ग्लोबलका उपाध्यक्ष साबु गदाल कार्कीको प्रमुख आतिथ्य सम्पन्न भएको सो कार्यक्रममा अमेरिकाको अहिलेको कार्यसमित निकै सशक्त बनेको गदालले बताइन् । विभिन्न देशमा छरिएका रहेको नेपाली कलाकारले इनासले गोलबद्ध गरेर नेपाली कलालाई विश्वमा पु¥याउने कार्य गरेको पनि गदालले कार्यक्रममा बताइन् । समारोहमा गदालले इनास अमेरिकाका नयाँ कार्यसमितिका पदाधिकारीलाई शपथ ग्रहण गराएर जिम्मेवारी प्रदान गरिएको थियो ।

कार्यक्रममा विशेष अथितिको रूपमा बानाका निवर्तमान अध्यक्ष अनु श्रेष्ठ वन्त, निवर्तमान नेपाल प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, इनास ग्लोबलका सचिव हरि शर्मा रहेका थिए । खनाल र शर्माले पनि इनासको नयाँ कार्यसमितिलाई बधाई दिँदै यो कार्यसमितिले नेपाली कलाको प्रोत्साहन र प्रवद्र्धनमा अझ योगदान दिने विश्वास व्यक्त गरे ।

यस्तै, सो अधिवेशनमा अभिनेत्री अरुणिमा लम्साल, अभिनेता मुकेश ढकाल, चरित्र अभिनेता राजु बजाज, गायक मधु क्षत्री, गायक वसन्त खड्कालगायतले यो कार्यसमितिलाई शुभकामना दिए ।

 

 

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१० हजार बढी सुब्बा बिदाको बहानामा आन्दोलनमा

कुरी-कुरी