१३ घण्टादेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

चितवन । करिब १३ घण्टादेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड केहिबेर अगाडीबाट दुवैतर्फी सञ्चालनमा आएको छ ।

गएराती ८ बजे सेतिदोभानमा पहिरो खस्दा सो सडक अवरुद्ध बनेको थियो । लगातार वर्षाका भरतपुर महानगरपालिका २९ सेतिदोभानमा पहिरो बिहान ६ बजेदेखि हटाउन सुरु गरिएकोमा अहिले बिहान ९ बजेबाट दुवैतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उता नारायणगढ मुग्लिन अन्तर्गत चौध किलोमा भने सडक एकतर्फी मात्रै सञ्चालनमा छ । चौध किलोमा पिच भासिएकोले अहिले सडक एकतर्फी मात्रै सञ्चालनमा ट्राफिक प्रहरीले जनाएको छ ।

अबिरल वर्षाका कारण चौध किलोमा बिहीबार रातिदेखि नै सडक भासिएको हो । सडक भासिने क्रम अझै रोकिएको छैन । सडक सञ्चालनमा भएसगैँ लामवद्ध भएका सवारीहरु आफ्नो गन्तव्य तर्फ लागेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 387 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लगानी सम्मेलनलाई सहज बनाउन अध्यादेशबाट आठवटा कानुन संशोधन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले संयुक्त चुनावी सभा गर्न नसक्नुकाे कारण यस्ताे छ