काठमाडौं । भक्तपुर जिल्ला समन्वय समिति र भक्तपुर जिल्ला खेलकुद विकास समितिले गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता भक्तपुरका खेलाडी नगदसहित सम्मान गरेको छ । सागमा दोहोरो स्वर्णपदक विजेता कराँतेका मण्डेकाजी श्रेष्ठलाई ३० हजार रुपैयाँबाट सम्मानित भए । त्यस्तै, सागका स्वर्णपदक विजेता उसुकी सुष्मिता तामाङ, तेक्वान्दोकी काजल श्रेष्ठलाई समान २५ हजार रुपैयाँ प्राप्त गरे ।
सागका रजतपदक विजेता टेबल टेनिसका शिवसुन्दर गोथे, कबड्डीकी यशोधा गिरी, ह्यान्डबलकी देवकुमारी बाँस्कोटाले समान २० हजार रुपैयाँ प्राप्त गरे । कांस्यपदक विजेता भारोत्तोलनकी लक्ष्मी बन, जुडोका शिव राम मकाजु, बास्केटबलका बिक्रम जोशीले १५ हजार रुपैयाँ प्राप्त गरे ।
सोही ओलम्पियन कान्छीमाया कोजुलाई पनि १० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । खेलाडीलाई नेकपाका संघीय सांसद महेश बस्नेतले खेलाडीलाई पुरस्कृत गरे ।