अष्टलक्ष्मीलाई हटाएर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी

 

मकवानपुर । बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ । डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै मुख्यमन्त्री बनेकी थिइन् ।

एमालेको एकल बहुमत रहेको बागमती प्रदेशसभामा लामो समय नेपालको साथमा रहेकी शाक्यले मुख्यमन्त्री पदका लागि ओली पक्षमा लागेको भन्दै आलोचना भइरहेको छ । पार्टी विभाजनमा साथ नदिएकाले नेपाल शाक्यसँग रुष्ट बनेका छन् ।

मुख्यमन्त्री पदसँग आफ्नो विचार साटेको आरोप लगाउँदै उनीहरुले नयाँ पार्टीमा सनाखत गरेपछि शाक्य अल्पमतमा पर्ने बताएका छन् । ‘हामीसँग रहनुभएका शाक्य पार्टी विधि विधानविपरित चल्ने ओलीको मतियार हुन जानुभयो ।’ नेपाल निकट एक सांसदले भने ‘मुख्यमन्त्री पदसँग आफ्नो विचारै साट्नेलाई आगामी दिनमा कसरी समर्थन गर्नु ?’

ति सांसदकाअनुसार एकीकृत समाजवादीमा खुलेपछि गठबन्धन बनाएर शाक्यलाई हटाउने तयारी भइरहेको छ । बागमती प्रदेशसभामा १०९ जना सांसदमध्ये एमालेको एकल बहुमत अर्थात् ५६ जना रहेका छन् । एमाले विभाजनबाट बनेको एकीकृत समाजवादीमा कम्तिमा १२ जना प्रवेश गर्ने तयारी भएको बुझिएको छ ।

नेपालनिकट सांसद पार्टी दर्ता भएको मितिले २१ दिनभित्र समाजवादीमा खुलेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा पर्ने र उनले विश्वासको मत लिनुपर्ने अवस्थामा विश्वासको मत नपाई सरकार ढल्ने देखिन्छ । राजेन्द्र पाण्डेका अलावा प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्ण खनाल एकीकृत समाजवादीमा खुलिसकेका छन् ।

यसकासाथै प्रदेशसभामा सांसद मुनु सिग्देल, बसुन्धरा हुमागाईं, बसन्त मानन्धर, कुसुम कार्की, रमा आलेमगर, माधव पौडेल, लक्ष्मण लम्साललगायतले समाजवादी रोज्ने बुझिएको छ । हाल तीन सदस्यीय मात्रै रहेको शाक्य नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्रीमा ओली पक्षका केशवराज पाण्डे रहेका छन् ।

शाक्यले ओलीको बाटो पछ्याएको आरोप

मुख्यमन्त्री शाक्यलाई केपी शर्मा ओली एवं डोरमणि पौडेलकै शैली अपनाएको आरोप पनि लागेको छ । विगतमा अविश्वासको प्रस्ताव आउँदा अचानक प्रदेशसभाको अधिवेशन अन्त्य गरेका तत्कालीन मुख्यमन्त्री पौडेलको शैलीमा शाक्य हिड्न थालेको आरोप लागेको छ ।

मुख्यमन्त्री शाक्यले गत शुक्रबार राति १२ बजेबाट लागू हुने गरी हठात् रुपमा प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेकी छिन् । उनले नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गरेलगत्तै करिब ३५ दिनसम्म स्थगित रहेको प्रदेशसभा बैठक सभामुख सानुकुमार श्रेष्ठले केही प्रदेश ऐन र प्रदेशसभाको नियमावली संशोधनका लागि गत भदौ १ र २ गतेका लागि आह्वान गरेका थिए ।

गत भदौ २ गते अचानक तत्कालीन मुख्यमन्त्री पौडेलले पार्टीको बागमती प्रदेश संसदीय दलको नेताबाट राजीनामा दिएर पार्टीमा देखिएको विवाद मिलाउन आफूले त्याग गरेको भन्दै शाक्यलाई दलको नेता बनाउन सिफारिस गरेका थिए ।

विगतमा शाक्यलाई नै हराएर दलको नेता बन्दै मुख्यमन्त्री बनेका पौडेलले पार्टी विभाजनलाई रोक्न शाक्यलाई मुख्यमन्त्री बनाउन आफूले त्याग गरेको बताएका थिए । तर मुख्यमन्त्री बन्नेबित्तिक्कै अल्पतमा परेकी शाक्यले अचानक संसद अन्त्य गरेपछि प्रदेश सभाका विपक्षी कांग्रेस–माओवादीले पनि विरोध जनाएका छन् । विगतमा सरकारको आयु लम्ब्याउन डोरमणि सरकारले अधिवेशन अन्त्य गर्ने, संसद बैठक छल्ने गरेको आरोप लगाउने शाक्यमाथि नै अहिले प्रश्न तेर्सिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गृहमन्त्रीको वडामा कांग्रेस पराजित