२२९५ जनामा कोरोना संक्रमण पुष्टि, १८०८ संक्रमणमुक्त

 

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप २२९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९२ पीसीआर परीक्षणमा १९०२ जना र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १८०८ रहेको छ र मृत्यु हुनेको संख्या १६ रहेको छ ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या 7 लाख ६१ हजार १२४ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७३० पुगेको छ भने ७ लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ जना रहेका छन् । जसमध्ये ३३ हजार ३३३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ५४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५६८ जना आईसीयू र १६० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

तपाइको प्रतिक्रिया
(Visited 207 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ग्रामिण वस्तीहरुमा स्मार्ट भिलेजको अवधारणा कार्यान्वयन गर्छु : अधिकारी