भीम रावलकाे क्षेत्रमा एमालेका १० प्रदेश सांसद समाजवादीमा

 

धनगढी । एमाले सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् ।

समाजवादीमा खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) तिर खुलेका छन् । तर सनाखतका लागि निर्वाचन कार्यालय जाँदै गर्दा दुईजना सांसद बाटोबाटै सम्पर्कविहीन भएका थिए । उनीहरुको खोजी भइरहेको सोडारीले बताएका छन् ।

माधव नेपाल छाडेका एमाले उपाध्यक्ष भीम रावल धनगढी उत्रेपछि सांसदहरु सम्पर्कविहीन भएको बताइएको छ । सनाखत गर्नेमा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरु बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।

तारालामा तामाङ र अर्चना गहतराज भने सम्पर्कविहीन छन् । समाजवादीतिर लागेको भनिएका कृष्ण सुवेदीले पनि सनाखत गर्न मानेका छैनन् । सांसदको खोजीमा रहेकाले सोडारीको पनि सनाखत हुन बाँकी छ ।

समाजवादीका केन्द्रीय सदस्य एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले १० जनाको सनाखत भएको जानकारी दिइन् । ‘२ जनाको कागजात नपुगेकाले आएनन् । भोलिसम्म १४ जना पुग्छन्,’ जोशीले दाबी गरिन् ।

१४ जना सांसद पुर्‍याए प्रदेशमा समाजवादी प्रदेशकै ठूलो दल बन्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
७७ जिल्लामै पुग्यो मतपत्र, ७८ हजार मतपेटिका तयार